प्रमुख समाचार

अर्थमन्त्री भन्छन् पैसा छैन तर पनि शिक्षकको तलब बढाउन पहल गर्छु : सभापति देउवा

काठमाडाैँ – सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकहरूको तलब बढाउन पहल गर्ने बताएका छन्। बिहीबार नेपाल शिक्षक संघको २४औँ संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेपालको अर्थतन्त्र कमजोर रहेको र अर्थमन्त्रीले पैसा छैन भनिरहेको भन्दै उनले शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकारसँग कुरा गर्ने प्रतिबद्धता जनाए। ‘नेपालको अर्थतन्त्रले पनि धान्नुपर्‍यो। अर्थमन्त्री भन्छन् […]

पूरा पढ्नुहोस्

परिषद्काे राष्ट्रिय शिक्षक वर्ग देवघाट धाममा प्रारम्भ

  तनहुँ । देशभरिका शिक्षकहरूबीच अनुभव, ज्ञान र राष्ट्रप्रतिको उत्तरदायित्वलाई साझा गर्ने उद्देश्यसहित प्राज्ञिक विद्यार्थी परिषद्ले राष्ट्रिय शिक्षक वर्गको प्रारम्भ भएको छ । देवघाट धाममा आजबाट सुरु भएको कार्यक्रमको उद्घाटन पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजु कुमारी थपलियाले गर्नु भएको थियोे । समारोहका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजुकुमार थपलियाले शिक्षामा गुणस्तर अभिवृद्धिका लागि […]

पूरा पढ्नुहोस्

रवीन्द्र मिश्र र धवल शमशेरविरुद्ध पक्राउ पुर्जी जारी हुने

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणाविरुद्ध पक्राउ पुर्जी जारी हुने भएको छ । काठमाडौँ जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारीको प्रक्रिया अघि बढाएको स्रोतले जनाएको छ । अदालत स्रोतका अनुसार सम्भवतः आजै उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी हुनेछ ।  चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न […]

पूरा पढ्नुहोस्

बजेट सक्न एकै ठाउँमा आठ मन्दिर

काठमाण्डौँ । मध्यपहाडी लोकमार्गसँग बिचमै रहेको जाजरकोट र दैलेखको सिमाना सुयाडामा मन्दिर निर्माण चलिरहेको छ । जाजरकोटको छेडागाड नगरपालिका–२, सुयाडा लेकमा नगरपालिका र प्रदेश सरकारको डिभिजन वन कार्यालयले अलग–अलग ठाउँमा मन्दिर बनाउन लागेका हुन् । डिभिजन वनले थालेको मन्दिर निर्माण कार्य सम्पन्न भइसकेको छ भने नगरपालिकाले निर्माण गर्न लागेको मन्दिरको काम भने जारी रहेको छ । डिभिजन वन […]

पूरा पढ्नुहोस्

मदन भण्डारी विश्वविद्यालयमा पीएचडी गर्नेलाई सतप्रतिशत छात्रवृत्ति, मासिक २० हजार भत्ता पनि दिइने

काठमाण्डौ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले विद्यावारिधि (पीएचडी) गर्ने सबै विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्ति दिने भएको छ । विश्व विद्यालयले विद्यावारिधि तहमा भर्ना हुन आउने विद्यार्थीलाई सत् प्रतिशत छात्रवृत्तिसहित तीन वर्षका लागि मासिक २० हजार रुपैयाँ पनि शैक्षिक भत्ता प्रदान गर्ने जनाएको छ । मकवानपुरको चितलाङमा रहेको विश्वविद्यालयले आउँदो नोभेम्बरको लागि अप्लाइड साइन्स सङ्कायअन्तर्गत […]

पूरा पढ्नुहोस्

मुन्दुम पदमार्गलाई तपोभूमिका रूपमा विकास गर्ने योजना

सङ्घीय सरकारको घुम्नैपर्ने सय पर्यटकीय गन्तव्यमा समावेश मुन्दुम पदमार्गलाई टेम्केमैयुङ गाउँपालिकाले योग, ध्यान र तपोभूमिका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। पूर्वी नेपालको सुन्दर र शान्त क्षेत्र भएकाले यसलाई तपोभूमिका रूपमा अघि बढाउने योजना बनाइएको हो। प्राकृतिक सुन्दरताले भरिपूर्ण मुन्दुम पदमार्गलाई पर्यटकीय, योग, ध्यान, अनुसन्धान र तपोभूमिको केन्द्र बनाउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले […]

पूरा पढ्नुहोस्

अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित, यी हुन् पदाधिकारीमा जित्ने नेता

काठमाडौँ- नेकपा एमाले निकट अनेरास्ववियुको २४औं महाधिवेशनबाट अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन्। काठमाडौँको कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा बिहीबार भएको निर्वाचनमा उनका प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पराजित गर्दै डा कडरिया अध्यक्ष निर्वाचित भएका हुन्। डा. कडरियाले ७३२ मत प्राप्त गर्दा पौडेलले ७२५ मत ल्याएका थिए। त्यसैगरी पदाधिकारीमा अधिकांश डा. कडरिया प्यानलकै निर्वाचित भएका […]

पूरा पढ्नुहोस्

एयर इन्डिया जहाज दुर्घटना : गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको निधन

काठमाडौँ । एयर इन्डियाको जहाज दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको निधन भएको छ । बिहीबार अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको एआई-१७१ जहाज दुर्घटनामा पूर्वमुख्मयन्त्री रुपाणीको निधन भएको हो । रुपाणीको निधन केन्द्रीय मन्त्री सीआर पाटिलले पुष्टि गरेका छन् । रुपाणी पत्नी र छोरीलाई भेट्न लन्डन जाँदै थिए । भारतीय जनता पार्टी(भाजपा) का वरिष्ठ नेता सुनील […]

पूरा पढ्नुहोस्

ट्रम्पले अस्ट्रेलियालाई दिँदैछन् यस्तो दबाव, चर्चित ‘ओकस’ सम्झौता अमेरिकाले अब समीक्षा गर्ने

अस्ट्रेलिया र यूकेसँग गरेको अर्बौँ डलरको पनडुब्बी सम्झौतालाई ‘अमेरिका पहिले’ भन्ने अजेन्डा अनुकूल भए नभएको हेर्ने भन्दै वाशिङ्टनले समीक्षा गर्ने बताएको छ।  त्रिदेशीय उक्त सुरक्षा सम्झौतालाई चीनको उदाउँदो शक्तिको जबाफको रूपमा हेरिएको थियो। अस्ट्रेलिया-यूके-यूएस वा छोटकरीमा ‘ओकस’ नाम दिइएको उक्त सम्झौता अन्तर्गत अस्ट्रेलियाले अमेरिकाबाट पहिलो परमाणु रियाक्टरबाट सञ्चालन हुने पनडुब्बी प्राप्त गर्ने थियो। साथै तीन […]

पूरा पढ्नुहोस्

साझेदारी र कनेक्टिभिटी नेपाल–भारत साझा समृद्धिका आधार हुनुपर्छ : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र भारतबिचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभिटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताएका छन् । नेपाल–भारत रणनीतिक संवाद सम्बन्धी आज काठमाडौँमा आयोजित एक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री डा राणाले  नेपाल–भारत बिच व्यापार, पारवहन र लगानीमा सहयोगलाई तीव्रता दिई कनेक्टिभिटीका माध्यमबाट आर्थिक साझेदारीलाई […]

पूरा पढ्नुहोस्