- ३१ जेष्ठ २०८२, शुक्रबार १५:१९
तनहुँ । देशभरिका शिक्षकहरूबीच अनुभव, ज्ञान र राष्ट्रप्रतिको उत्तरदायित्वलाई साझा गर्ने उद्देश्यसहित प्राज्ञिक विद्यार्थी परिषद्ले राष्ट्रिय शिक्षक वर्गको प्रारम्भ भएको छ ।
देवघाट धाममा आजबाट सुरु भएको कार्यक्रमको उद्घाटन पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजु कुमारी थपलियाले गर्नु भएको थियोे ।
समारोहका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजुकुमार थपलियाले शिक्षामा गुणस्तर अभिवृद्धिका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो। उहाँले शिक्षकहरूलाई केवल पाठ्यक्रमको सीमाभित्र सीमित नरही समाज परिवर्तनका संवाहकको रूपमा अगाडि बढ्न प्रेरणा दिनुभयो।
विशिष्ट अतिथि अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष प्रा. डा. राजशरण शाही, स्वामी मधुसुदनानन्द गिरी महाराज, स्वामी डा. विमलानन्द सरस्वती र परिषद्का राष्ट्रिय महासचिव दिनेश कार्कीले आ–आफ्नो मन्तव्य दिँदै शिक्षालाई संस्कार र मूल्य–मान्यतासँग जोड्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा शिक्षकहरूको बौद्धिक क्षमताको विकास, शिक्षा प्रणालीमा सुधार तथा राष्ट्र निर्माणमा शिक्षाको भूमिकाबारे विविध विचार प्रस्तुत हुने परिषद्ले जनाएको छ । देशभरिका विभिन्न जिल्लाबाट सहभागी शिक्षकहरूले यस कार्यक्रमलाई ज्ञान आदानप्रदान र नेतृत्व विकासको महत्वपूर्ण अवसरको रूपमा लिएका छन्।
समारोहमा आयोजकहरूले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै शिक्षकहरूलाई सशक्त बनाउने योजनामा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।










प्रतिकृया दिनुहोस्