प्रमुख समाचार
काठमाडौ बर्नहार्ट स्कुल/ कलेजले गर्यो नयाँ विद्यार्थीहरुको भब्य स्वागत कार्यक्रम
भदौ ४ गते। काठमाडौँ बर्नहार्ट सेकेन्डरी स्कुल/कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ बिद्यार्थी स्वागत कार्यक्रम गरेको छ। मंगलबार काठमाडौकोँ कमलादीस्थित प्रज्ञा भवनको सभाहलमा एक भव्य कार्यक्रमका बीच स्वागत कार्यक्रम आयोजना गरेको हो। स्वागत कार्यक्रम कक्षा १२ का Head Boy बिनायक पौडेलको सभापतित्वमा काठमाडौ बर्नहार्ट सेकेन्डरी स्कुल/ कलेजका अध्यक्ष भुपेस छत्कुली, सल्लाहकार प्रा.डा. नारायण प्रसाद […]
पूरा पढ्नुहोस्
शिक्षा विधेयकमा राहतलगायत शिक्षकका लागि विशेष व्यवस्था
काठमाडौँ- विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी प्रतिवेदनले राहत शिक्षक कोटा, विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक, प्रशिक्षक अनुदान कोटा र शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकलाई लक्षित गर्दै विशेष व्यवस्था प्रस्ताव गरेको छ। प्रतिवेदनअनुसार यो ऐन प्रारम्भ भएपछि शिक्षक सेवाबाट पहिलो पटक सञ्चालन हुने परीक्षामा सहभागी हुँदा उनीहरूलाई उमेरको हद लागू हुने छैन। कक्षा ११ र १२ […]
पूरा पढ्नुहोस्
काठमाडौं–७ को सेवा प्रवाह मित्रपार्कस्थित आफ्नै भवनबाट सुरु
काठमाडौं– काठमाडौं महानगरपालिका वडा नं. ७ ले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । मित्रपार्कस्थित भवनमा वैदिक विधिअनुसार पूजाआजा गरी भदौ १ गतेदेखि सेवा सुरु गरिएको वडा अध्यक्ष विमल कुमार होडाले जानकारी दिए । ‘वडा नं. ७ को नवनिर्मित भवनमा कार्य शुभारम्भको अवसरमा हवन शान्ति स्वस्तिवाचन विधिपूर्वक सम्पन्न गरिएको छ’, होडले भने, ‘भदौ १ […]
पूरा पढ्नुहोस्
यातायात विभागले सवारी धनीलाई भन्योः इम्बोस्ड नम्बर प्लेट अनिवार्य, यथाशीघ्र जडान गर्नू
काठमाडौँ । यातायात व्यवस्था विभागले आउँदो १ असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । मङ्गलबार एक सचना जारी गर्दे विभागले सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा गत २० साउनमा बसेको विषयगत समितिको बैठको निर्णयअनुसार विभागले इम्बोस्ड नम्बर […]
पूरा पढ्नुहोस्
एमालेका सांसदलाई आकस्मिक रूपमा दलको कार्यालयमा बोलाइयो, यस्तो छ कारण
काठमाडौं । सत्तारुढ नेकपा एमालेले आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाएको छ । जरुरी र महत्त्वपूर्ण विषयमा छलफल गर्न भन्दै एमालेका सांसदहरूलाई बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा उपस्थित हुन सूचना पठाइएको एक सांसदले बताए । छलफलको विषयवस्तु प्रस्ट पारिएको छैन । तर संसदमा विचाराधीन र विवादित कतिपय विधेयकहरूको बारेमा दलको धारणा […]
पूरा पढ्नुहोस्
हेर्नुहोस विद्यालय शिक्षा विधेयकको आज पेस गरिएको प्रतिवेदन (प्रतिवेदनसहित)
काठमाडौं । प्रतिनिधिसभा अन्तर्ग शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठक सकिएको छ । समितिका सचिव दशरथ धमलााले विधेयकको प्रतिवेदन पेस गरेसँगै निजी विद्यालयको पूर्ण छात्रवृत्तिको सवालमासमेत समितिमा छलफल भएको थियो । यहाँबाट हेर्नुहोस प्रतिवेदन
पूरा पढ्नुहोस्
त्रिविको कानुनि त्रुटीहरू सच्याउन माग गर्दै उपकुलपतिलाई ध्यानाकर्षणपत्र
काठमाडौँ– नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटी सचिवालय सदस्य धर्मराज तिमिल्सीनाले त्रिभुवन विश्वविद्यालयको कानूनमा रहेका त्रुटीहरू सच्याउन त्रिभुवन विश्वविद्यालय उपकुलपतिको ध्यानाकर्षण गराएका छन्। त्रिभुवन विश्वविद्यालय जस्तो गरिमामय संस्थाले त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन नियम २०५० मा अघिल्लो संशोधनहरु नै गायब पारेर नियमावली प्रकाशित गरिएको प्रति सजग गराएका छन्। यसका साथै त्रिभुवन विश्वविद्यालय शिक्षक […]
पूरा पढ्नुहोस्
शिक्षा विधेयकमा दुई विषयमा जुटेन सहमति, मन्त्रालयको प्रस्तावमा सांसदहरू असहमत
काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबार बसेको बैठकमा पनि विद्यालय शिक्षासम्बन्धी विधेयकमा सहमति जुट्न सकेन । सिंहदरबारस्थित समितिको हलमा बसेको बैठकमा शिक्षा मन्त्रालयका तर्फबाट पेस भएको प्रस्तावमा सांसदहरूले असहमति जनाएका हुन् । निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिनुपर्ने सांसदहरूको प्रस्ताव सरकारले स्वीकार नगरेपछि सहमति नजुटेको हो । बैठकमा शिक्षा […]
पूरा पढ्नुहोस्
दर्ता भएर सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेजी गरिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएका तर सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजीको तयारी थालेको छ । कामपा शिक्षा विभागले यस्ता विद्यालयहरूको स्थलगत अनुगमन गरी खारेजीको लागि थप प्रक्रियामा जाने तयारी गरेको कामपाले जानकारी दिएको छ । वैकल्पिक विद्यालयहरू महिला ज्योति, जायना र जेम्स नमूनालाई स्थानान्तरण अनुमति दिइएको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी […]
पूरा पढ्नुहोस्माध्यमिक तहकाे अध्यापन अनुमति पत्रकाे लागि अनलाइन दरखास्त खुला
काठमाडौं, साउन ३१ – शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि अनलाइन दरखास्त खुला गरेको छ। आयोगले २०५७ को शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित) अनुसार न्यूनतम योग्यता पूरा गरी तोकिएको तालिम प्राप्त गरेका इच्छुक व्यक्तिहरूलाई अनुमति पत्रका लागि आवेदन दिन आह्वान गरेको हो। आयोगका अनुसार आवेदकहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np मार्फत […]
पूरा पढ्नुहोस्







