शिक्षा
केआईआईटीका ८० प्रतिशत नेपाली विद्यार्थी कलेज फर्किए
काठमाडौँ । नेपाली छात्रा प्रकृति लम्सालको होस्टेलमा भएको शंकास्पद मृत्युको अनुसन्धान माग गर्दा नेपाली विद्यार्थीमाथि भएको कुटपिट र दमनका कारण भारतको ओडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा उत्पन्न तनाव साम्य हुँदै गएको छ । घटनाका क्रममा धरपकड गर्दै निकालिएका र कलेज छाड्न बाध्य भएका करिब ८० प्रतिशत नेपाली विद्यार्थी होस्टेल फर्किएका छन् । विश्वविद्यालय […]
पूरा पढ्नुहोस्
स्ववियु निर्वाचनमा स्वतन्त्र, बौद्धिक र रचनात्मक नेतृत्वको पक्षमा मतदान गर्न आवहान
काठमाडौं । सन्दीप महरा, शिक्षा समाजको मेरुदण्ड हो, र विश्वविद्यालय भनेको कुनै पनि राष्ट्रको बौद्धिक उत्थानको आधारभूमि। शिक्षण संस्था केवल पाठ्यपुस्तकीय ज्ञान बाँड्ने ठाउँ मात्र होइन, बरु यो समष्टिगत रुपमा एक यस्ता चेतनशील नागरिक उत्पादन गर्ने थलो हो, जसले समाजलाई मार्गदर्शन गर्न सक्छन्। यद्यपि, पछिल्ला केही दशकहरूमा विश्वविद्यालय र क्याम्पसहरू राजनीतिक हस्तक्षेपको दलदलमा फस्दै गएका […]
पूरा पढ्नुहोस्
दिपसन गुरुङद्वारा प्राज्ञिकबाट पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापतिको उम्मेदवारी घोषणा
दिपसन गुरुङले प्राज्ञिक विद्यार्थी परिषदबाट पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । उनले दलगत राजनीतिभन्दा माथि रहेर रचनात्मक विद्यार्थी आन्दोलनको मुद्दासहित उम्मेदवारी घोषणा गरेका हुन् । लामो समय विद्यार्थी राजनीतिमा सक्रिय गुरुङ गण्डकी प्रदेशको महत्वपूर्ण क्याम्पस पृथ्वीनारायण क्याम्पसमा रचनात्मक विद्यार्थी आन्दोलनमा सकृय विद्यार्थीको परिचय बनाउन सफल छन् । वृद्धि विकास र हकहितको लागि […]
पूरा पढ्नुहोस्
त्रिवि केन्द्रीय क्याम्पसकाे स्ववियु सभापतिमा स्वतन्त्रबाट दिनेश कार्कीकाे उम्मेदवारी घाेषणा
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा रचनात्मक विद्यार्थी आन्दोलनमा सकृय विद्यार्थीको वृद्धि विकास र हकहितको लागि लड्ने वर्तमान स्ववियु सह–सचिव दिनेश कार्कीले स्वतन्त्रबाट स्ववियु सभापतिको उम्मेदवार घोषणा गरेका छन् । त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन संकाय र इतिहास विषयमा डबल डिग्री गर्दै आइरहेका दिनेश कार्की विगत १० वर्षदेखि दलगत राजनीतिभन्दा माथि रहेर रचनात्मक विद्यार्थी आन्दोलन र विद्यार्थीहरूको नेतृत्व, विकास, […]
पूरा पढ्नुहोस्
स्ववियु निर्वाचनमा २५ विद्यार्थी संगठनबीच प्रतिस्पर्धा
काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २५ विद्यार्थी संघसंगठनबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार चैत ५ गते हुने चुनावमा सहभागी हुन २५ विद्यार्थी संगठन दर्ता भएका छन् । सोमबार देशभरका क्याम्पसमा निर्वाचनमा भाग लिन चाहने संगठन र समूह दर्ता भएका समितिका सदस्यसचिव पशुपति अधिकारीले बताए । त्रिविमा ६२ […]
पूरा पढ्नुहोस्
योगी नरहरिनाथलाई राष्ट्रिय विभुती घोषणा गर्न सरकारसँग माग
फागुन १८, काठमाडौं । राष्ट्रगुरु योगी नरहरिनाथज्यूको १११ औं जन्मजयन्ती काठमाडौंमा मनाइएको छ । आइतवार काठमाडौं मखनकी जीवितदेवी ‘मखँ तारिणी कुमारी माजु’को सान्निध्यमा राष्ट्रगुरु योगी नरहरिनाथको जन्मजयन्ती मनाइएको हो । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधिश तथा हिन्दू राष्ट्रिय स्वाभिमान जागरण अभियानका राष्ट्रिय संयोजक गोपाल पराजुलीको प्रमुख आतिथ्यतामा काठमाडौं प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा योगी नरहरिनाथको जीवन […]
पूरा पढ्नुहोस्
नेपालतर्फका विद्यालय बन्द भएपछि भारतीय विद्यालयमा पढाउनुपर्ने बाध्यता
इलाम, १८ फागुन घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा क्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय विद्यालय पढ्न बाध्य छन् । नेपालपट्टि विद्यालय नजिक नहुँदा पूर्वी पहाडी जिल्ला सीमा क्षेत्रका बासिन्दालाई समस्या भएको छ । नेपालतर्फ विद्यालय नहुँदा महँगो शुल्कमा बालबालिकालाई पढाउन बाध्य भएका सो […]
पूरा पढ्नुहोस्
शिक्षक जस्तो सम्मानित पेसालाई पार्टीले दुरुपयोग मात्रै गरे : सुमना श्रेष्ठ
फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पुराना पार्टीहरूले शिक्षकहरूलाई दुरुपयोग मात्रै गरेको बताएकी छिन् । शनिवार सुनसरीको रामधुनीमा पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै शिक्षक जस्तो सम्मानित पेसालाई राजनीतिक रूपमा दुरुपयोग मात्रै गरिएको बताएकी हुन् । उनले अहिलेको शैक्षिक नतिजा पार्टीले शिक्षकको दुरुपयोग गरेर आएको उल्लेख गरिन । उनले भनिन् ‘शिक्षक जस्तो […]
पूरा पढ्नुहोस्
शैक्षिक मेला २०८१: राष्ट्रिय सभागृहमा ‘काठमाडौँ शैक्षिक मेला’ सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभागृहमा काठमाडौँ शैक्षिक मेला सुरु गरेको छ । मेला भोलिसम्म चल्नेछ । महानगरपालिकाले विद्यालयहरुमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालेका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा परेको प्रभाव, यसबाट उनीहरुले सिकेका ज्ञान र सिपहरुको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गरिएको हो । व्यवहारिक शिक्षाका लागि विद्यालय शिक्षाको नवप्रवर्तन आधारित अभ्यासमा […]
पूरा पढ्नुहोस्
शैक्षिक मेलामा ज्ञानोदयका विद्यार्थीद्वारा ‘स्केचिङ एण्ड स्कल्पचर’को प्रदर्शनी
काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘शैक्षिक मेला’ को पहिलो दिन सामुदायिक विद्यालयमा सञ्चालन भइरहेको शुक्रबारे कार्यक्रम अन्तरगतका विभिन्न कार्यक्रमहरुको स्टल राखि प्रदर्शन गरिएको छ । राष्ट्रिय सभागृहमा जारी शैक्षिक मेलामा राखिएका विभिन्न स्टलमध्ये ज्ञानोदय माविले स्केचिङ एण्ड स्कल्पचरको प्रदर्शनी गरेका छ। उक्त प्रदर्शनीमा विद्यार्थीहरुले कार्यक्रम स्थलमा नै उपस्थित भइ सुरुदेखि अन्तिमसम्म प्रत्यक्ष चित्र कोरिरहेका भेटिन्थे । […]
पूरा पढ्नुहोस्







