Banner
जेनजी नेतृत्वको आदेश-सार्वजनिक सम्पती नहान
जेनजी नेतृत्वले आन्दोलनरत युवाहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेकाले सार्वजनिक सम्पति तोडफोड नगर्न आग्रह गरेको छ । सार्वजनिक सम्पति ताेडफाेड नगर्न र नेतालाई नछोड्न उनीहरुले माइकिङ गर्दै आग्रह गरेका हुन् । तर पनि प्रदर्शनकारीले तोडफोड गर्न छोडेका छैनन् ।
पूरा पढ्नुहोस्
प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो
काठमाडौं । प्रदर्शनकारीहरूले आज (मंगलबार) बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । आक्रोशित भीडले संसद् भवनमा प्रवेश गरी आगो लगाएको हो । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाएका थिए । लगातार भइरहेका आन्दोलन र आक्रोशका कारण राजधानीमा तनावपूर्ण स्थिति सिर्जना भएको छ । प्रदर्शनकारीहरूले विभिन्न सरकारी निर्णय र नेताहरूको गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै राजधानीका […]
पूरा पढ्नुहोस्
संसद भवनभित्र छिरे प्रदर्शनकारी
काठमाडौं । प्रदर्शनकारीले नयाँ बानेश्वरस्थित संघीय संसद भवन प्रवेश गरेका छन् । बिहानैदेखि सो क्षेत्रमा प्रदर्शन गरिरहेका प्रदर्शनकारी संसद भवन प्रवेश गरेका हुन् । साथै उनीहरुले त्यहाँ तोडफोड समेत गरेका छन् ।
पूरा पढ्नुहोस्
सरकारले प्रदर्शनकारीको हत्या गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले गर्यो निन्दा
काठमाडौं । नेपालमा सरकारले युवाप्रदर्शनकारीको हत्या गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले तीव्र निन्दा गरेको छ। संयुक्त राष्ट्रसंघीय मानव अधिकारी उच्च आयुक्तको कार्यालय, युनिसेफ, एमनेस्टीइन्टरनेसनल, संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयलगायतले वक्तव्य जारी गर्दैसुरक्षाफौजले गैरकानूनी रुपमा बल प्रयोग गरी शान्तिपूर्ण आन्दोलनगरिहेका युवा र बालबालिकाको हत्या गरेको उल्लेख गरेका छन्। जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चआयुक्तको कार्यालयले शान्तिपूर्ण प्रदर्शन गरिरहेका […]
पूरा पढ्नुहोस्
प्राज्ञिकद्वारा जेन जी आन्दोलनमा सरकारकाे बर्वरता पूर्ण हस्तक्षेप दमकाे भत्सर्ना
काठमाडौं, भदौ २३। नेपाल सरकारद्वारा भदौ १६ गते फेसबुक, ट्विटर, युट्युबजस्ता सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रता सीमित गर्ने निर्णयप्रति प्राज्ञिक विद्यार्थी परिषद् नेपालले कडा आपत्ति जनाएको छ। परिषद्का अनुसार GEN Z पुस्ताले सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारविरुद्धको अभियानलाई शान्तिपूर्ण ढंगले अगाडि बढाइरहेका बेला सरकारले नियन्त्रण गर्ने प्रयास गर्नु असंवैधानिक र अलोकतान्त्रिक कदम हो। विज्ञप्तिमा भनिएको छ, […]
पूरा पढ्नुहोस्
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खोल्न तयार भएनन् प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको जारी प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथि जारी प्रतिबन्ध फुकुवा गरिनुपर्ने धारणा राखेका थिए । तर, प्रधानमन्त्री ओलीले सरकारको निर्णय सही रहेको भन्दै निर्णयमाथि पुनर्विचार गर्न नसकिने धारणा राखेका एक मन्त्रीले जानकारी दिए । यसबारे पौडेलले […]
पूरा पढ्नुहोस्
जेन-जी आन्दोलनको पूर्वसन्ध्यामा ‘नेपथ्य’ले सेयर गर्यो- ‘गाउँ गाउँबाट उठ’
काठमाडौं । लोकप्रिय ब्याण्ड ‘नेपथ्य’ले आफ्नो बहुचर्चित गीत ‘गाउँ गाउँबाट उठ’लाई सामाजिक सञ्जालबाट सेयर गरेको छ । यो गीत सेयर गर्नुको ‘समय र सन्दर्भ’ अर्थपूर्ण छ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेन-जी पुस्ताले देशब्यापी आन्दोलनको पूर्वसन्ध्यामा यो बहुचर्चित र रुचाइएको गीत पुनःसेयर गरेको हो । कन्सर्टमा गायक अमृत गुरुङले गाएको उक्त गीतले अन्याय, […]
पूरा पढ्नुहोस्
राजर्षिजनक विश्वविद्यालयमा निर्देशक पदका लागि आवेदन माग
काठमाडौँ ।,२२ भदौ । राजर्षिजनक विश्वविद्यालयले निर्देशक पदका लागि आवेदन माग गरेको छ । राजर्षिजनक विश्वविद्यालय संगठन संरचना तथा व्यवस्थापन नियमावली २०७५ को परिच्छेद –१९ को नियम १२८ एवं राजर्षिजनक विश्वविद्यालय स्वास्थ्य विज्ञान शैक्षिक कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि – २०८२ को परिच्छेद २ को दफा ७ (ग) बमोजिम राजर्षिजनक विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय अन्तर्गत […]
पूरा पढ्नुहोस्
सामाजिक सञ्जाल बन्दबारे कांग्रेसले सरकारसँग छलफल गर्ने
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारका अनुसार सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा सरकारसँग छलफल गर्ने निर्णय भएको छ । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरुले गम्भीर असन्तुष्टि जनाएका छन्। सभापति शेरबहादुर देउवा निवासमा आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकमा सहभागी नेताहरुले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा असन्तुष्टि जनाएका हुन् । […]
पूरा पढ्नुहोस्
‘नेपो बेबी’ अभियान : जेन–जी सडकमा आउँदै
काठमाडौं । सामाजिक सञ्जालमा सुरु भएको जेन–जी पुस्ताको भ्रष्टाचारविरोधी स्वर अब सडकसम्म पुग्ने भएको छ । राजनीतिक तथा विशिष्ट व्यक्तिहरूका सन्तानले पाएको विशेषाधिकार र पहुँचविहीन जनतामाथि परेको बोझविरुद्ध उहाँहरूले अभियान चलाउनु भएकाे हाे । ‘नेपो बेबी नेपाल’ नामक टिकटक अभियानमार्फत उहाँहरूले ‘नेपो बेबी’ को हैसियतमा विलासी जीवन बिताइरहेका ठूला घरानाका सन्तानविरुद्ध एकपछि अर्को भिडियो सार्वजनिक […]
पूरा पढ्नुहोस्







