विश्वविद्यालय

त्रिविले नियम मिचेर परीक्षा लिएका उपाधिलाई समकक्षता नदिने

काठमाडाैँ – त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले आवश्यकता भन्दा कम र बढी परीक्षा लिएका उपाधिलाई समकक्षता नदिने निर्णय गरेको छ। कक्षा १२ को नतिजा प्रकाशन नहुँदै स्नातक तहमा भर्ना लिएको र तोकिएको समयभन्दा पछि परीक्षा लिएको र कम समयमा भर्ना नभई पछि भर्ना भएर एकैपटक एक भन्दा बढी सेमेष्टरको परीक्षा दिएका प्रमाणपत्रलाई समकक्षता नदिने भएको हो। केन्द्रले […]

पूरा पढ्नुहोस्

संस्कृत विद्यार्थी दोस्रो राष्ट्रिय सम्मेलन देवघाटमा प्रारम्भ

भदौ २५, तनहुँ ।  संस्कृत विद्यार्थी दोस्रो राष्ट्रिय सम्मेलनको तनहुँकाे देवघाट धाममा आजबाट प्रारम्भ भएको छ । संस्कृत शिक्षाको राजधानी भनेर चिनिने तनहुँकाे देवघाट धाममा प्राज्ञिक  विद्यार्थी परिषद् नेपालले  आफ्नो संस्कृत आयामकाेे दाेश्राे राष्ट्रिय संस्कृत विद्यार्थी सम्मेलन आजबाट सुरु गरेको हाे । सन्त समाज नेपालका अध्यक्ष, हरिहर सन्यास आश्रमका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले […]

पूरा पढ्नुहोस्

एमबीबीएस पढाउँदै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले एमबीबीएस (चिकित्साशास्त्रमा स्नातक) पढाउन ५० सिट प्रदान गरेको छ । प्रतिष्ठानले पाएको ५० सिटमध्ये ७५ प्रतिशत सिटमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाउनेछन् । जसबाट मधेश प्रदेशका धेरैजसो विद्यार्थी लाभान्वित हुने अपेक्षा छ । एमबीबीएसको पढाइ सुरु हुने भएपछि प्रादेशिक राजधानी जनकपुरधामसहित सम्पूर्ण मधेश प्रदेशको स्वास्थ्य सेवामा […]

पूरा पढ्नुहोस्

अनुसन्धानका लागि एमयु र आइआइटी इन्दोरबीच सहकार्य

काठमाडौं, १९ भदौं-प्राध्यापक तथा विद्यार्थी आदानप्रदान गर्ने उदेश्यले मध्यपश्चिम विश्वविद्यालय, नेपाल र भारतको मध्यप्रदेशमा अवस्थित आइआइटी इन्दोरबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । मध्यपश्चिम विश्वविद्यालय सहकार्य तथा अध्ययन संस्थान सानेपाको बैठक हलमा आयोजित एक कार्यक्रममा दुई संस्थाका प्रमुखबिच समझदारी पत्र आदान प्रदान भएको थियो । उक्त समझदारी पत्रमा मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. ध्रुव […]

पूरा पढ्नुहोस्

परीक्षा आवेदन फाराम खुला

काठमाडौं, १९ भदौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तह तेस्रो वर्ष दोस्रो खण्ड सेमेस्टर परीक्षाको आवेदन फाराम भर्नका लागि सूचित गरेको छ । डिप्लोमा इन इन्जिनियरिङ तर्फका कार्यक्रमहरूको परीक्षा कात्तिक/मङ्सिर महिनामा सञ्चालन हुने भएकोले परीक्षार्थीहरूले परीक्षा आवेदन फाराम भर्न भनेको हो । सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत डिप्लोमा इन इन्जिनियरिङ […]

पूरा पढ्नुहोस्

विद्यावारिधि नगरेकाले आफुलाई शिक्षाविद् भन्न नपाइने

काठमाडौं : शिक्षाविद् बन्न चाहने व्यक्तिले विद्यावारिधि उपाधि हासिल गर्नुपर्ने कानूनी व्यवस्था गर्न लागिएको छ। नेपाल विश्वविद्यालय विधेयकले शिक्षाविद्को योग्यता तोकेको हो । सरोकारवालासँग छलफल गरेर संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्रतिनिधिसभामा गत बिहीबार पेश गरेको विधेयकको प्रतिवेदनमा योग्यता तोकेको हो । समितिले विधेयकमाथि दफावार छलफल गरेर सुझावसहितको प्रतिवेदन मंगलबार प्रतिनिधिसभामा पेश गरेको हो। बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, विधेयकको […]

पूरा पढ्नुहोस्

संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा खतिवडा

काठमाडौं, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा डा भीमप्रसाद खतिवडालाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोक्नुभएको छ । प्रधानमन्त्री एवं कुलपति ओलीले सो विश्वविद्यालय ऐन, २०४६ को दफा १६ को उपदफा ६ बमोजिम आज उक्त जिम्मेवारी दिनुभएको हो । सो विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले […]

पूरा पढ्नुहोस्

काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोहमा २३ सय भन्दा बढी विद्यार्थी दीक्षित

काठमाडौँ– काठमाडौँ विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहको दोश्रो चरणको दीक्षान्त समारोह सम्पन्न भएको छ । २ हजार ३ सय १४ जना विद्यार्थीहरुलाई दीक्षित गराउन प्रधानमन्त्री तथा कुलपति केपि शर्मा ओली धुलिखेल पुग्नु भएको थियो । २९औँ दीक्षान्त समारोहको दोश्रो चरणको कार्यक्रममा स्कुल अफ आर्टस, एजुकेशन, इन्जिनियरिङ्ग, म्यानेजमेन्ट, मेडिकल साईन्सेज र साईन्स विद्याका २ हजार ३ सय […]

पूरा पढ्नुहोस्

एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडाैँ- चिकित्सा शिक्षा तर्फ स्नातक तह (एमबीबीएस) अध्ययनका लागि लिइएको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ। शुक्रबार बिहान चिकित्सा शिक्षा आयोगले नतिजा सार्वजनिक गरेको हो। चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको मिति २०८१।०५।१४ गतेको संयुक्त बैठकको निर्णयबाट योग्यता क्रम अनुसार प्रकाशन गरिएको बताइएको छ। परीक्षार्थीले आफ्नो प्रोफाइलमा समेत प्रकाशित नतिजा हेर्न […]

पूरा पढ्नुहोस्

पूर्वाञ्चल विश्वविद्यालय र सिएनआईबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ – पूर्वाञ्चल विश्वविद्यालय र सिएनआईबीच समझदारीपत्रमा हस्ताक्षर भएकाे छ। बुधबार पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा बिजुकुमार थपलिया र नेपाल उद्योग परिसंघ (सिएनआई) का उपाध्यक्ष बिरेन्द्र पाण्डेले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। सिएनआई र पूर्वाञ्चल विश्वविद्यालयबीच इन्डस्ट्रि एकाडेमिया सम्बन्धलाई मजबुत बनाउन नलेज, स्किल र रिसोर्सेसको आदानप्रदान गर्ने, बजारको माग अनुसार जनशक्ति उत्पादन गर्ने, नयाँ प्रविधिको अध्ययन अनुसन्धान गर्ने, ज्ञान हस्तान्तरण […]

पूरा पढ्नुहोस्