- १४ भाद्र २०८१, शुक्रबार १६:३१
काठमाडौँ– काठमाडौँ विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहको दोश्रो चरणको दीक्षान्त समारोह सम्पन्न भएको छ । २ हजार ३ सय १४ जना विद्यार्थीहरुलाई दीक्षित गराउन प्रधानमन्त्री तथा कुलपति केपि शर्मा ओली धुलिखेल पुग्नु भएको थियो ।
२९औँ दीक्षान्त समारोहको दोश्रो चरणको कार्यक्रममा स्कुल अफ आर्टस, एजुकेशन, इन्जिनियरिङ्ग, म्यानेजमेन्ट, मेडिकल साईन्सेज र साईन्स विद्याका २ हजार ३ सय १४ जना विद्यार्थी सोही दिन दीक्षित भएका छन्
दीक्षित भएका मध्ये १ हजार १ सय ८६ जना अर्थात ५१.२५ प्रतिशत छात्र र १ हजार १ सय २८जना अर्थात ४८.७५ प्रतिशत छात्रा रहेका छन्।
अमेरिका, मेक्सिको, डेनमार्क, चीन, भुटान, इजरायल, जर्मनी, भारत, माल्दिभ्स, श्रीलंका, कजाखस्थान, सिङ्गापुर, अर्जेन्टिना, भियतनाम, ब्राजिल, फिनल्याण्ड, स्वीडेन, प्यालेस्टाईन र सुडान लगायतका १९ देशका २ सय ४२ अर्थात १०.५ प्रतिशत छन्।
विश्वविद्यालयबाट हालसम्म ४५ हजार ४ सय ३७ जना उर्तिण भएका छन्। सभामा कुलपति प्रधानमन्त्री ओली, सह कुलपति शिक्षामन्त्री विद्या भट्टराई लगायत सहभागि हुनु भएको थियो ।
उक्त समारोहमा स्नातकोत्तर तहमा स्कुल अफ आर्टसमा ४ सिजिपिए ल्याउने सुश्री मिजला चित्रकारलाई चान्सलर स्वणर्पदक, स्कुल अफ साईन्सबाट स्नातक तहमा ४ सिजिपिए ल्याउने भाइस चान्सलर स्वणर्पदक प्रदान गरेको छ ।।
त्यस्तै भाइस चान्सलर स्वणर्पदक स्नातक तहमा मनिपाल कलेज अफ मेडिकलका स्वीकार दाहाल, न्हुछेरत्न तुलाधर स्वणर्पदक विराट मेडिकल कलेज विराटनगर, रस्मिता पौडेल, रमेशप्रसाद सिंह स्वणर्पदक स्कुल अफ मेकिडल साईन्सेज अर्जुन दासलाई र स्कुल अफ एजुकेशनबाट महेशनाथ पराजुली स्वणर्पदक सुश्री रनिषा पौडेललाई प्रदान गरेको छ ।
समारोहमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता गरेको थियो। बरिष्ठ संस्कृतिविद डा.जगमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको मन्तब्य सहित उपकुलपति प्रा.डा.भोला थापाको स्वागत मन्तब्य रहनेछ।










प्रतिकृया दिनुहोस्