विश्वविद्यालय

आईओएमको डीनमा ३ जनाको नाम सिफारिस

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनका लागि नाम सिफारिस गर्न गठित समितिले तीन जनाको नाम सिफारिस गरेको छ । आइतबार लिएको कार्ययोजना प्रस्तुतिसहितको अन्तर्वार्ता पछि वर्तमान डिन प्रा‍.डा. दिव्यासिंह शाह, प्रा.डा. मोहनराज शर्मा र प्रा.डा. सुधा बस्नेतको नाम त्रिवि कार्यकारी परिषद्मा सिफारिस भएको स्रोतले जनाएको छ । अल्पसूचीमा प्रा.डा. अभिमन्यू झा, प्राडा […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक प्रथम वर्षको नतिजा प्रकाशन

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले २०८० साल असोजमा लिएको BBS प्रथम वर्षको परीक्षाको नतिजा प्रकाशित गरेको छ। साेमबार साँझ एक परीक्षा लिएको एक वर्षपछि उक्त नतिजा सार्वजनिक गरिएको हाे ।  नतिजा  tuexam.edu.np मा हेर्न सकिनेछ ।

पूरा पढ्नुहोस्

अखिल क्रान्तिकारीमा प्रचण्डपक्ष र शर्मा पक्षबीच कडा प्रतिस्पर्धा

काठमाडौँ । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वमा संस्थापन र उपमहासचिव जनार्दन शर्मा पक्षधर उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले विद्यार्थी नेतालाई गुटबन्दी नगर्न निर्देशन दिए पनि गुटगत प्रतिस्पर्धा हुन लागेको हो । संस्थापन पक्षले बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोग लागेका दीपेश पुनलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाउन चाहेको छ । संस्थापन […]

पूरा पढ्नुहोस्

त्रिवि रजिष्ट्रार कार्यालयमा विद्यार्थीको धर्ना

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहमा एक वर्षको बीचमा दुई वर्षको परीक्षामा सामेल गराएको तर ट्रान्सकृप्ट नदिएको भन्दै केही विद्यार्थीहरुले रजिष्ट्रार कार्यालय परिसरमा धर्ना दिएका छन् । त्रिचन्द्र र इटहरी मल्टिपल क्याम्पसका विज्ञान संकायको स्नातक तहका विद्यार्थीहरु धर्नामा बसेका छन् । यो धर्नालाई आफूहरुले पनि साथ दिएको अखिल क्रान्तिकारी क्याम्पस जिल्ला समिति अध्यक्ष प्रदीप भण्डारीले बताए […]

पूरा पढ्नुहोस्

कापी परीक्षणको पारिश्रमिक बनाउने गृहकार्य गर्दै त्रिवि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कापी परीक्षणको पारिश्रमिक बढाउने गृहकार्य अघि बढाएको छ । शिक्षाध्यक्ष प्राडा खड्क केसीको अध्यक्षतामा बसेको परीक्षा सुधार समितिको बैठकले पारिश्रमिक बढाउने विषयमा अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो । अब रजिष्ट्रार कार्यालयले पारिश्रमिक पुर्नमूल्यांकन गरेर एक रूपता र समयानुकूल अभिवृद्धि गर्ने विषयमा अध्ययन गर्न समिति गठन गर्नेछ । चाडपर्वपछि समिति […]

पूरा पढ्नुहोस्

त्रिविको परीक्षामा एआईको प्रयोग गरिएको भेटिए परीक्षा रद्द हुने

त्रिभुवन विश्वविद्यालयले जुनसुकै तहको परीक्षामा एआईको प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने निर्णय गरेको छ। विश्वविद्यालयको त्रि.वि.परीक्षा सुधार समितिको सोमवार बसेको बैठकले सो निर्णय गरेको हो। समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्रा.डा.खड्ग केसीका अनुसार त्रि.वि.बाट सञ्चालन हुने जुनसुकै तहको पररीक्षामा एआईको प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने र त्रि.वि.अन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानून संकाय […]

पूरा पढ्नुहोस्

त्रिविले २०५८ देखिका परीक्षार्थीलाई एकपटक मौका परीक्षाको अवसर दिने

त्रिभुवन विश्वविद्यालयले वार्षिक प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरूलाई एक पटकका लागि मौका परीक्षाको अवसर दिइने जनाएको छ । आइतबार शिक्षा मन्त्री विद्या भट्टराईसँगको छलफल पछि विश्वविद्यालयले २०५८ पछिका परीक्षार्थीहरूलाई मौका परीक्षाको अवसर दिने निर्णय गरेको हो । असोज ७ गते त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवं […]

पूरा पढ्नुहोस्

बौद्ध विश्वविद्यालय अध्ययनमा संसदीय शिक्षा समिति

संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति लुम्बिनी बौद्ध विश्वविद्यालयको अध्ययनमा आएको छ। संसदीय समितिका १० जनाको टोलीले विश्वविद्यालयको विभिन्न निकायहरूको अध्ययन गरेको छ। २०८१ असोज १ गते देवदहस्थित डिन कार्यालय तथा देवदह शिक्षा विकास परियोजना र बुटवल नयाँगाउँस्थित सिटी क्याम्पसको स्थलगत अध्ययन गरेको छ । सो अवसरमा देवदहमा आयोजना गरिएको परियोजना परिचयात्मक कार्यक्रममा बोल्दै […]

पूरा पढ्नुहोस्

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

सुर्खेत  । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ। यही भदौ २८ गते शुक्रबारका लागि तय गरिएको निर्वाचन उच्च अदालतमा विद्यार्थीहरूले मुद्दा हालेपछि स्थगित गरिएको हो। साइन्स एण्ड टेक्नोलोजी डिपार्टमेन्टका छैटौँ सेमेस्टरका विद्यार्थीहरूले निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको अन्तिम नामावलीमा आफूहरूको नाम नराखिएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए। विद्यार्थी रञ्जित […]

पूरा पढ्नुहोस्

विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको उक्त विश्वविद्यालयको आठौँ साधारणसभा बैठकमा प्रधानमन्त्री एवं कुलपति ओलीले सक्षम जनशक्ति तयारीका लागि देखिएका समस्याको समाधानका लागि संयुक्तरुपमा प्रयास केन्द्रित गर्नुपर्नेमा जोड दिनुुभएको हो । प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास […]

पूरा पढ्नुहोस्