विश्वविद्यालय
स्नातक तहका वार्षिक परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने
काठमाडौँ , ५ कार्तिक । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको छ । उक्त व्यवस्थाअनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको […]
पूरा पढ्नुहोस्मध्यपश्चिम विश्वविद्यालय र चाइना थ्री गर्जेज युनिभर्सिटी विच सम्झौता
मध्यपश्चिम विश्वविद्यालय, नेपाल र चाइना थ्री गर्जेज युनिभर्सिटी, चीन विच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ। मैत्री सम्बन्ध स्थापना गरी आपसी समझदारीको भावनामा सहयोग आदान प्रदान गर्ने लक्ष्यका साथ सम्झौता सम्पन्न भएको हो । दुवै विश्वविद्यालयविच प्राध्यापक तथा विद्यार्थीको आदानप्रदान, अनुसन्धान र प्रकाशनमा सहयोग लगायत समग्र विश्वविद्यालयको उन्नयन गर्ने रहेको बताइएको छ । सो […]
पूरा पढ्नुहोस्
त्रिविको दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन दिने समय थप
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ५० औँ दीक्षान्त समारोहमा भाग लिन फाराम भर्ने समय थप गरेको छ । असोज २३ गतेसम्म फाराम भर्ने म्याद भएकोमा त्यसलाई थप गरेर कात्तिक १० गतेसम्म भर्न सकिने जनाएको छ । असोज १७ गतेदेखि दशैं विदा परेका कारण विद्यार्थीले आवेदन फाराम भर्न नपाएको गुनासो आएकोले म्याद थप गरिएका परीक्षा नियन्त्रण […]
पूरा पढ्नुहोस्
मान्यजनको हातबाट टीका ग्रहण गरिँदै
बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभसाइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैँघर वा पूजाकोठामा नौ दिनसम्म पूजा–आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक तह दाेश्राे वर्षको नतिजा सार्वजनिक ( नतिजा हेर्नुस् )
काठमाडौं । त्रिविले परीक्षा सकिएको चार मैनामै नतिजा सार्वजनिक गर्न थालेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले धमाधम एक पछि अर्को गर्दै परीक्षा सकिएको ४ महिनाको अन्तरालमा नै ४ बर्षे B.Sc दोस्रो बर्ष (२०८०) को नियमित तर्फको २०८१ साल बैशाख र जेष्ठ महिनामा सम्पन्न परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नतिजा हेर्नको लागि: […]
पूरा पढ्नुहोस्
शैक्षिक परामर्श संस्थाको शैक्षिक गतिविधि र आर्थिक हिसाब पारदर्शी हुनुपर्छ : शिक्षा मन्त्री
काठमाडौं ,असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शैक्षिक परामर्श संस्थाहरूको शैक्षिक गतिविधि र आर्थिक हरहिसाब पारदर्शी हुनुपर्ने बताएकी छन् । मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्थाका प्रतिनिधिमूलक संस्थासँग बुधवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन् । कार्यक्रममा मन्त्री विद्या भट्टराईले स्वीकृति प्राप्त शैक्षिक परामर्श सेवा प्रदायक संस्थाका सम्पूर्ण शैक्षिक […]
पूरा पढ्नुहोस्नेपाल विश्वविद्यालय विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइयो (विधेयकसहित)
राष्ट्रिय सभाबाट नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले हिजो विधेयक प्रमणित गरेका हुन् । विधेयक प्रमाणीकरणका लागि हिजै राष्ट्रपति समक्ष पठाइएको उनको सचिालयले जनाएको छ । सो विधेयक प्रतिनिधिसभाबाट गत भदो २४ गते पारित गरिएको थियो । सरकारले दक्ष, सिर्जनशील, उद्यमशील र प्रतिस्पर्धी मानवस्रोत उत्पादन गर्न गैरसरकारी […]
पूरा पढ्नुहोस्सञ्चार तथा सामाजिक विकाससम्बन्धी चारदिने अन्तर्राष्ट्रिय संगोष्ठी बुधबारबाट सुरु
दोस्रो परा हिमालय सञ्चार तथा सामाजिक विकास संगोष्ठी बुधबारबाट धुलिखेलमा सुरु भएको छ। चार दिवसीय संगोष्ठीको उद्घाटन सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गरेका हुन्। चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एन्ड टेक्नोलोजी अफ चाइना र काठमाडौं विश्वविद्यालयको आथित्यमा भएको सम्मेलन पान–हिमालयन कम्युनिकेसन रिसर्च सेन्टर, सिचुआन फिलोसोपी एन्ड सोसल साइन्सकी ल्याब्रोटरी अफ डिजिटल एन्ड पब्लिक गभर्नेन्स, […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक तहकाे नतिजा सार्वजनिक ( नतिजा हेर्नुस् )
काठमाडौं । त्रिविले परीक्षा सकिएको ४ महिनामै Result निकालेको छ । TU ले २०८१ साल बैशाख/जेठ महिनामा लिएको BA 2nd Year को परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । नतिजा tuexam.edu.np मा हेर्न सकिनेछ ।
पूरा पढ्नुहोस्
त्रिविले स्थगित गरेकाे परीक्षा १७ र २१ गते सञ्चालन गर्ने
काठमाडाैँ – त्रिभुवन विश्वविद्यालकाे परीक्षा असोज २१ गते सञ्चालन हुने भएकाे छ। देशभर उत्पन्न भएको मौसमको प्रतिकुलताका कारण स्थगित गरिएको त्रिभुवन विश्वविद्यालकाे परीक्षा असोज २१ गते सञ्चालन गर्ने भएको छ। उक्त परीक्षा २१ गते सोहि समयमा, सोहि परीक्षा केन्द्रहरुमा संचालन हुने सूचना प्रकाशित गरेको छ। १० गते देखि संचालनमा रहेको मानविकी, शिक्षाशास्त्र, तथा व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन […]
पूरा पढ्नुहोस्







