विश्वविद्यालय
राजनीतिक छायामा स्ववियु निर्वाचन, स्वतन्त्र समूह सकृय
काठमाडौं : त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यालय युनियनको निर्वाचन राजनीतिक छायामा परेको छ। लामो समयपछि चैत ५ मा देशव्यापी रूपमा स्ववियु निर्वाचनको मिति तोकिएको छ। तर, विगत जस्तो न महत्व पाएको छ, न त आमविद्यार्थीमा आकर्षण नै छ। हुन त, ०६५ सालपछि देशभर स्ववियु निर्वाचन नै हुन सकेको थिएन। ०७३ सालमा उपत्यका भित्रका विश्वविद्यालय र क्याम्पसमा निर्वाचन […]
पूरा पढ्नुहोस्
स्ववियु निर्वाचनमा स्वतन्त्र, बौद्धिक र रचनात्मक नेतृत्वको पक्षमा मतदान गर्न आवहान
काठमाडौं । सन्दीप महरा, शिक्षा समाजको मेरुदण्ड हो, र विश्वविद्यालय भनेको कुनै पनि राष्ट्रको बौद्धिक उत्थानको आधारभूमि। शिक्षण संस्था केवल पाठ्यपुस्तकीय ज्ञान बाँड्ने ठाउँ मात्र होइन, बरु यो समष्टिगत रुपमा एक यस्ता चेतनशील नागरिक उत्पादन गर्ने थलो हो, जसले समाजलाई मार्गदर्शन गर्न सक्छन्। यद्यपि, पछिल्ला केही दशकहरूमा विश्वविद्यालय र क्याम्पसहरू राजनीतिक हस्तक्षेपको दलदलमा फस्दै गएका […]
पूरा पढ्नुहोस्
दिपसन गुरुङद्वारा प्राज्ञिकबाट पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापतिको उम्मेदवारी घोषणा
दिपसन गुरुङले प्राज्ञिक विद्यार्थी परिषदबाट पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । उनले दलगत राजनीतिभन्दा माथि रहेर रचनात्मक विद्यार्थी आन्दोलनको मुद्दासहित उम्मेदवारी घोषणा गरेका हुन् । लामो समय विद्यार्थी राजनीतिमा सक्रिय गुरुङ गण्डकी प्रदेशको महत्वपूर्ण क्याम्पस पृथ्वीनारायण क्याम्पसमा रचनात्मक विद्यार्थी आन्दोलनमा सकृय विद्यार्थीको परिचय बनाउन सफल छन् । वृद्धि विकास र हकहितको लागि […]
पूरा पढ्नुहोस्
त्रिवि केन्द्रीय क्याम्पसकाे स्ववियु सभापतिमा स्वतन्त्रबाट दिनेश कार्कीकाे उम्मेदवारी घाेषणा
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा रचनात्मक विद्यार्थी आन्दोलनमा सकृय विद्यार्थीको वृद्धि विकास र हकहितको लागि लड्ने वर्तमान स्ववियु सह–सचिव दिनेश कार्कीले स्वतन्त्रबाट स्ववियु सभापतिको उम्मेदवार घोषणा गरेका छन् । त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन संकाय र इतिहास विषयमा डबल डिग्री गर्दै आइरहेका दिनेश कार्की विगत १० वर्षदेखि दलगत राजनीतिभन्दा माथि रहेर रचनात्मक विद्यार्थी आन्दोलन र विद्यार्थीहरूको नेतृत्व, विकास, […]
पूरा पढ्नुहोस्
स्ववियु निर्वाचनमा २५ विद्यार्थी संगठनबीच प्रतिस्पर्धा
काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २५ विद्यार्थी संघसंगठनबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार चैत ५ गते हुने चुनावमा सहभागी हुन २५ विद्यार्थी संगठन दर्ता भएका छन् । सोमबार देशभरका क्याम्पसमा निर्वाचनमा भाग लिन चाहने संगठन र समूह दर्ता भएका समितिका सदस्यसचिव पशुपति अधिकारीले बताए । त्रिविमा ६२ […]
पूरा पढ्नुहोस्
केआईआईटीबाट फर्किएका नेपाली विद्यार्थी भन्छन् : ‘त्यो कहालीलाग्दो क्षण भुल्नै सक्दैनौँ’
वीरगञ्ज – भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा ‘बीटेक इन कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ’ को छैटौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थी निशान्तकुमार झाले नेपाली विद्यार्थीमाथि भएको दुव्र्यवहार अझै पनि भुल्न नसकेको बताए। केआईआईटीमा अध्ययरत नेपाली विद्यार्थी प्रकृति लम्सालले फ्रेबुअरी १६ तारिख (फागुन ४ गते) आफू बस्ने होस्टलको कोठामा आत्महत्या गरेसँगै उत्पन्न भएको असहज परिस्थितिले […]
पूरा पढ्नुहोस्
स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक
फागुन ९ गते । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शुक्रबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तय भएको छ । फागुन १९ गते सङ्घ, सङ्गठन दर्ता गर्ने, फागुन २१ गते […]
पूरा पढ्नुहोस्
केआईआईटीमा समस्यामा परेका विद्यार्थीले पूर्वाञ्चलमा क्रेडिट ट्रान्सफर गर्न सक्ने
भारतको ओडिसा राज्यस्थित केआईआईटी विश्वविद्यालयमा समस्यामा परेका नेपाली विद्यार्थीहरूलाई पूर्वाञ्चल विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गरेर पढ्न सकिने जनाएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले विद्यार्थीहरुलाई अध्ययनको लागि समस्या नहोस भनेर उक्त निर्णय गरेको हो । प्रकृति लम्सालको मृत्यु प्रकरणमा नेपाली विद्यार्थीले आन्दोलन गरेको भन्दै केआईआईबाट विश्वविद्यालयबाट निकालिए पछि नेपाल फर्किएका तथा नेपाल आएर पढ्न चाहेका विद्यार्थीहरूलाई […]
पूरा पढ्नुहोस्
केयूमा आवासीय चिकित्सकको आत्महत्या प्रयासबारे छानबिन सुरु
काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल) को एमडी पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीले आत्महत्याको प्रयास गरेको विषयमा छानबिन सुरु भएको छ । स्कुल अफ मेडिकल साइन्सका डिन डा. मनोज हुमागाईंका अनुसार आवासीय चिकित्सक समेत रहेकी उनले गत ४ फागुन (आइतबार) मा आत्महत्याको प्रयास गरेकी थिइन् । ‘औषधिको ओभरडोज रहेछ । धुलिखेलमै उपचार भयो […]
पूरा पढ्नुहोस्
प्राप्त ज्ञानलाई इमानदार भएर देशको हितमा उपयोग गर्न विद्यार्थीसँग प्रधानमन्त्रीको आग्रह
पोखरा, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरुले इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिनुभएको छ । कास्कीको ढुङ्गेपाटनमा आज आयोजित पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्मविश्वास र इमानदारपूर्वक समाजका लागि सकारात्मक काममा आफूले प्राप्त गरेको ज्ञानको उपयोग […]
पूरा पढ्नुहोस्







