राष्ट्रिय समाचार

रसुवाका बाढीपीडित परिवारलाई हिन्दू स्वयंसेवक संघ परिवारद्वारा ७ हजार कम्बल वितरण

रसुवा । रसुवामा गएको बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले हिन्दू स्वयंसेवक संघ परिवारको पहलमा ७ हजार थान कम्बलसहित भाँडाकुँडा तथा अन्य आवश्यक राहत सामग्री वितरण गरिएको छ। बाढीका कारण प्रभावित बनेका परिवारलाई दैनिक जीवनयापनमा सहजता प्रदान गर्ने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको जनाइएको छ। बाढीबाट घर तथा दैनिक उपभोगका सामग्रीमा क्षति पुगेका परिवारलाई तत्काल […]

पूरा पढ्नुहोस्

गुल्मीको जनजागृति मा.विमा सेवाद्वारा शैक्षिक सामाग्री वितरण

गुल्मी । जनजागृति मा वि हुगा गुल्मी मा सेवा र विकासका लागि युवाले शैक्षिक सामग्री वितरण गरेको छ । भारत सरकारकाे र सेवा र विकासका लागि युवाकाे सहयोगमा गुल्मिकाे जनजागृति मा.विकाे कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई उक्त शैक्षिक सामग्री वितरण गरिएको सेवा र विकासका लागि युवाले जनाएको छ । शैक्षिक सामग्री वितरण […]

पूरा पढ्नुहोस्

नेपाल प्रथम अभियानद्वारा पोखरामा ‘नेपाल राष्ट्रवोध’ कार्यक्रम सम्पन्न

पोखरा, २०८३ श्रावण २९ । ‘राष्ट्र सर्वोपरि, नेपाल प्रथम’ राष्ट्रिय अभियानको आयोजनामा ‘नेपाल राष्ट्रवोध’ कार्यक्रम पोखरामा सम्पन्न भएको छ। डा. लता पराजुलीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार डा. रामकृष्ण तिमिल्सिना, अभियानका राष्ट्रिय संयोजक नारायणप्रसाद ढकाल, त्रिभुवन विश्वविद्यालयका प्रा. डा. रामचन्द्र पोख्रेल, पूर्व कर्मचारी परिषद् गण्डकी प्रदेशका उपाध्यक्ष सूर्य बराल तथा अभियानका केन्द्रीय सदस्य […]

पूरा पढ्नुहोस्

राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाउने तयारी, प्रतिवेदनलाई प्राथमिकता

काठमाडौँ, २८ साउन । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष र व्यवहारिक बनाउने उद्देश्यले गठित कार्यदलले प्रतिवेदनलाई प्राथमिकताका साथ अन्तिम रूप दिने निर्णय गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार सम्पन्न कार्यदलको सातौँ बैठकले बदलिँदो शैक्षिक, सामाजिक तथा प्रविधिगत परिवेशअनुसार पाठ्यक्रमलाई समयानुकूल बनाउने निष्कर्ष निकालेको हो । बैठकमा कार्यदलअन्तर्गत रहेका १२ वटा […]

पूरा पढ्नुहोस्

गोरखापत्रको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त

काठमाडौँ । गोरखापत्रको महाप्रबन्धक पदमा हिक्मत बहादुर रावल(कैलाली) नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार मन्त्रालयको सिफारिसमा रावललाई महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्। त्यस्तै सुरक्षण मुद्रण कोषको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना (मोरङ) लाई नियुक्त गर्ने सरकारको निर्णय छ।  

पूरा पढ्नुहोस्

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौं ।  त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त भएका छन् ।  प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् । यसैगरी, सेवा आयोगको सदस्यमा प्रा. डा. रेजिना मास्केलाई नियुक्त गरिएको छ । दुवै नियुक्ति त्रिभुवन विश्वविद्यालयको सेवा आयोगलाई प्रभावकारी, पारदर्शी र योग्य जनशक्तिमैत्री बनाउने उद्देश्यका साथ गरिएको […]

पूरा पढ्नुहोस्

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

काठमाडौँ, १७ असारः वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिकदेखि विश्वविद्यालय तहसम्मको परीक्षा प्रणालीलाई समयबद्ध बनाउने, वैदेशिक अध्ययन अनुमति (एनओसी) सेवालाई थप प्रभावकारी बनाउने, विश्वविद्यालयलाई दलगत हस्तक्षेपबाट मुक्त गर्ने तथा डिजिटल सेवाको विस्तारलाई […]

पूरा पढ्नुहोस्

मोर्गन सेकेन्डरी स्कुललाई ‘बेस्ट प्लस टु अवार्ड’

काठमाडौं । बसुन्धारामा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था मोर्गन सेकेन्डरी स्कुल यस वर्षको प्रतिष्ठित ‘बेस्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा मोर्गनलाई उक्त सम्मान प्रदान गरिएको हो। देशभरका विभिन्न शैक्षिक संस्थाहरूको मूल्याङ्कन, शिक्षण शैली र विगतका वर्षहरूमा […]

पूरा पढ्नुहोस्

कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने हेर्नुस् ?

काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । आज (शुक्रबार) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको प्रवक्ता जयन्ती सत्यालले रातोपाटीलाई जानकारी दिइन् । परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा गत वैशाख […]

पूरा पढ्नुहोस्

काठमाडौंकाे नागार्जुनमा शैक्षिक सामग्री वितरण

काठमाडौँ । सेवा र विकासका लागि युवा संस्थाको आयोजना, भारत सरकारको सहयोग तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा नागार्जुन नगरपालिकाभित्र रहेका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी शैक्षिक सामग्री वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूको शैक्षिक विकासमा सहयोग पुर्‍याउने तथा अध्ययनप्रतिको रुचि र उत्साह अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नागार्जुन नगरपालिकाअन्तर्गतका श्री जन उद्धार माध्यमिक […]

पूरा पढ्नुहोस्