धर्म संस्कृत/पर्यटन
आज महाशिवरात्रि, पशुपतिनाथ सहितका शिवालयमा घुइँचो
काठमाडौं । आज महाशिवरात्रि पर्व पशुपतिनाथसहित देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा घुइँचो छ । पशुपति क्षेत्र विकास कोषले […]
पूरा पढ्नुहोस्
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
काठमाडौँ । नेपाल प्रहरीले महाशिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजा आउने भक्तजनलाई महँगा गहना लगाएर नआउन अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले आपराधिक तथा चोरीका घटना हुनसक्ने हुँदा त्यस्ता महँगा गरगहना लगाएर आउँदा समस्या पर्नेतर्फ सचेत गराउँदै आवश्यक सुरक्षा सावधानी अपनाउन अनुरोध गरे । महाशिवरात्रिका अवसरमा शान्ति सुरक्षा कायम […]
पूरा पढ्नुहोस्
महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्री पशुपतिमा
काठमाडौँ, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ महाशिवरात्री, पर्व, २०८१ को पूर्वसन्ध्यामा पावन पशुुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रीको व्यवस्थापन तयारीबारे पशुुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिई पर्वलाई सुरक्षित, अनुुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहजरुपमा भक्तजनको दर्शनको व्यवस्था मिलाउन निर्देशन […]
पूरा पढ्नुहोस्
शिवरात्रीको तयारी अन्तिम चरणमा, सेनासहित सुरक्षाका सबै निकाय परिचालन गरिने
काठमाडौं : पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। महाशिवरात्रीको पूर्वसन्ध्यामा सोमबार पशुपतिमा पत्रकार सम्मेलन गर्दै कोषले विभिन्न उपसमितिमार्फत महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो। पशुपतिनाथ क्षेत्रको सरसफाई, सजावट, भक्तजनलाई सहजरूपमा मन्दिर दर्शन गराउने व्यवस्थापन पक्ष, सुरक्षा व्यवस्थालगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कोषले जनाएको छ। महाशिवरात्रि पर्वलाई व्यवस्थापनका […]
पूरा पढ्नुहोस्
नुवाकोटमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा, अनिशा खडका भइन प्रथम
हिन्दू स्वयंसेवक संघ नेपालद्वारा नुवाकोटमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा सयौं सहभागी भएका छन् । शुक्रबार नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेलमैदानमा भएको परीक्षामा नुवाकोट आदर्श बहुमुखी कलेजमा कक्षा ११ अध्ययनरत छात्रा अनिशा खड्काले शतप्रतिशत अंकका साथ प्रथम पुरस्कार जित्न सफल भएकी हुन् । द्वितीय पुरस्कार त्रिभुवन त्रिशूली माविका छात्र प्रचण्ड तामाङ्ग, तृतीय पुरस्कार सुभिनियर […]
पूरा पढ्नुहोस्
सबै धर्मको लक्ष्य मानव सेवा हो : राष्ट्रपति पौडेल
फागुन ९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सबै धर्म सम्प्रदायको लक्ष्य भनेको मानव सेवा नै रहेको बताउनुभएको छ । शुक्रबार धरान–८ स्थित राधाकृष्ण प्रणामी मन्दिर परिसरमा धर्मशाला तथा गोपी स्मारक ध्यान साधनालयको उद्घाटनपछि आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । सबै धर्म, सम्प्रदायको लक्ष्य भनेको मानव सेवा नै हो, यसलाई बुझ्न […]
पूरा पढ्नुहोस्
महाशिवरात्रीलाई भव्य बनाउन आवश्यक तयारी गर्न पर्यटनमन्त्रीको निर्देशन
काठमाडौं, फागुन ९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले महाशिवरात्री भव्य रुपमा सम्पन्न गर्नेगरी तयारी तीव्र र व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ । महाशिवरात्रीको तयारी अवस्थाबारे जानकारी लिन शुक्रबार बिहान पशुपतिनाथ पुग्नुभएका मन्त्री पाण्डेले महाशिवरात्रीलाई भव्य बनाउन तयारी व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिनुभएको हो । उहाँले विगतका वर्षहरुमा भन्दा अझ […]
पूरा पढ्नुहोस्
देवघाट महामहोत्सव: २७ करोड ४५ लाख ५७ हजार संकलन, २ करोड ९९ लाख खर्च
देवघाट- गत माघ १ गतेदेखी ३० गतेसम्म देवघाटधाममा आयोजना गरिएको देवघाट महा–महोत्सवमा २७ करोड ४५ लाख ५७ हजार ९८० रुपैयाँ आर्थिक संकलन भएको छ भने २ करोड ९९ लाख १७ हजार ५ सय रुपैँया खर्च भएको छ । महा–महोत्सवको तर्फबाट सोमबार देवघाटमा आयोजित पत्रकार सम्मेलनमा महा–महोत्सवमा उक्त रकम संकलन भएको जानकारी गराइएको छ । महा–महोत्सवमा देवघाट […]
पूरा पढ्नुहोस्
काभ्रेकाे नव बुद्धस्थित गुम्बाका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण
काभ्रे । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले काभ्रेस्थित नव बुद्धकाे गुम्बामा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । शनिबार काठमाडौंबाट गएकाे विद्यार्थी परिषद्काे टिमले उक्त विहारमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरेको केन्द्रीय सचिवालय प्रमुखले जानकारी दिनु भएको छ । विद्यार्थी परिषद्ले देेेशका विभिन्न जिल्लाका सरकार,सामुदायिक विद्यालयहरू, गुरुकुल र बाैद्ध विहारहरू र गुम्बामा अध्ययनरत विद्यार्थीहरूलाई […]
पूरा पढ्नुहोस्
काठमाडौंकाे बृहत स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा हजारौं सहभागी
काठमाडौं । काठमाडौंमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा ५ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका छन् । शुक्रवार हिन्दू स्वयंसेवक संघ नेपालले आयोजना गरेको बृहत् परीक्षामा काठमाडौं उपत्यकाका तीन जील्लाका सय भन्दा धेरै विद्यालयका विद्यार्थीहरू सहभागि भएका छन् । संघले विद्यार्थीहरुलाई आफ्नो गौरवशाली संस्कृतिसँग परिचित गराउन, धर्म, संस्कार र परम्परा तथा हिन्दू धर्म संस्कृस्तिका विशिष्ट जीवन–मूल्य, […]
पूरा पढ्नुहोस्







