धर्म संस्कृत/पर्यटन
नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
काठमाडौँ, असोज ७ गते । आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन मङ्गलबार दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो […]
पूरा पढ्नुहोस्
नवरात्रको पहिलो दिन: माता शैलपुत्रीको पूजा गरिँदै (पूजाविधिसहित)
शारदीय नवरात्रको पहिलो दिन माता शैलपुत्रीको पूजा गरिन्छ । देवी दुर्गा माताका नौ रूपमध्ये पहिलो रूप शैलपुत्री हुन् । मार्कण्डेय पुराणअनुसार पर्वतराज हिमालयकी पुत्री भएकी कारण उनलाई हिमालयराजकी छोरी, पार्वती, सेती, हेमवती वा शैलपुत्री नामले चिनिन्छ । आश्विन शुक्ल प्रतिपदाको दिन शैलपुत्रीको पूजा तथा आराधना गर्ने प्रचलन छ । कथाअनुसार दक्ष प्रजापतिले आयोजना गरेको विशाल […]
पूरा पढ्नुहोस्
विश्वकर्मा पूजा गरिँदै
काठमाडौँ । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्न लागिएको हो । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई सहभागी गराएर […]
पूरा पढ्नुहोस्
अर्थमन्त्रीमा रामेश्वर खनाल चयन
काठमाडौँ – पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री बन्ने भएका छन्। जेन–जी आन्दोलनका कारण कांग्रेस–एमालेको दुई तिहाइ बहुमतको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारमा खनाल अथमन्त्री बन्ने भएका हुन्। मन्त्री छनोट गर्ने क्रममा प्रधानमन्त्री कार्की खनाललाई जिम्मेवारी दिने निष्कर्षमा पुगेकी छन्। चुनावी अन्तरिम सरकारलाई सकेसम्म गैरदलीय बताउनुपर्ने बाध्यता छ। त्यस्तो अवस्थामा पूर्वसचिव खनाल नै […]
पूरा पढ्नुहोस्
तीज पर्व : पशुपतिनाथ मन्दिरको चार वटै ढोका बिहानैदेखि खुला
काठमाडौं : पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि आज बिहानैबाट मूल मन्दिरका चार ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषले आज तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथको दर्शनार्थी भक्तजनलाई सहज रुपमा दर्शन गर्न बिहान ३ बजेदेखि चार ढोका खोलिने जनाएको छ । कोषका निमित्त सदस्य सचिव सुभासचन्द्र जोशीले पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने चार वटा लाइनको […]
पूरा पढ्नुहोस्
पशुपतिनाथमा ‘नमाज’ प्रकरण : संयोग कि योजनाबद्ध खेल?
काठमाडौँ । केही दिन अगाडिदेखि सामाजिक सञ्जालमा एउटा तस्वीर तीव्र रूपमा भाइरल भइरहेको छ । पवित्र हिन्दू तीर्थस्थल पशुपतिनाथ मन्दिर परिसरमा एक मुस्लिम पुरुषले नमाज अदा गरिरहेको दृश्य। यस घटनापछि धेरैको मनमा प्रश्न उब्जिएको छ—के यो केवल संयोग थियो, कि योजनाबद्ध स्क्रिप्ट? सबैभन्दा पहिले, सो घटना हुँदा पत्रकारहरू त्यहाँ कसरी र किन उपस्थित थिए ? […]
पूरा पढ्नुहोस्
संघ काठमाडौँ सम्भागको श्री गुरुदक्षिणा समर्पण कार्यक्रम सम्पन्न
काठमाडौं । हिन्दू स्वयंसेवक संघ, नेपालको ’श्री गुरुदक्षिणा समर्पण कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। कमलपोखरीस्थित अग्रवाल भवनमा आयोजित यस कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले हिन्दू समाजको हितका लागि स्वामी विवेकानन्दको सपनालाई साकार पार्न संघले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले हिन्दू संस्कृतिलाई सशक्त बनाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रमका प्रमुख वक्ता, भारतस्थित […]
पूरा पढ्नुहोस्
आज जनै पूर्णिमा: यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै
काठमाडौँ —प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट […]
पूरा पढ्नुहोस्
आज नागपञ्चमी पर्व: नागको पूजाअर्चना गरी मनाइँदै
काठमाडौँ । आज देशभर परम्पराअनुसार नागपञ्चमी पर्व मनाइँदैछ। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागको पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर यो पर्व मनाउने गरिन्छ। धार्मिक विश्वास र महत्त्व: धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ […]
पूरा पढ्नुहोस्
आज साउनको पहिलो सोमबार, पशुपतिनाथमा भक्तजनको भीड
काठमाडौं : आज साउन महिनाको पहिलो सोमबार। आज बिहानैदेखि पशुपतिनाथ मन्दिर पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिरमा भक्तजन बिहानदेखि पूजा एवं दर्शनका लागि लाइनमा बसेका छन्। अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि […]
पूरा पढ्नुहोस्







