- २६ श्रावण २०८२, आईतवार १५:४७
काठमाडौं । हिन्दू स्वयंसेवक संघ, नेपालको ’श्री गुरुदक्षिणा समर्पण कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ।
कमलपोखरीस्थित अग्रवाल भवनमा आयोजित यस कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले हिन्दू समाजको हितका लागि स्वामी विवेकानन्दको सपनालाई साकार पार्न संघले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले हिन्दू संस्कृतिलाई सशक्त बनाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका प्रमुख वक्ता, भारतस्थित कुशाभाऊ ठाकरे पत्रकारिता विश्वविद्यालयका पूर्व उपकुलपति एवं वरिष्ठ पत्रकार प्रो. बलदेव भाई शर्माले हिन्दू संस्कृतिको मूल विशेषता नै विश्वको कल्याण गर्नु हो भन्ने धारणा राख्नुभयो। उहाँले हिन्दू स्वयंसेवक संघ नेपालले वैदिक चिन्तनलाई व्यवहारमा उतार्दै समग्र हिन्दू समाजलाई नै संगठित र चैतन्य चैतन्ययुक्त बनाउने कार्य गरिरहेको बताउनुभयो।
कार्यक्रमका प्रमुख वक्ता, भारतस्थित कुशाभाऊ ठाकरे पत्रकारिता विश्वविद्यालयका पूर्व उपकुलपति एवं वरिष्ठ पत्रकार प्रो. बलदेव भाई शर्माले हिन्दू संस्कृतिको मूल विशेषता नै विश्वको कल्याण गर्नु हो भन्ने धारणा राख्नुभयो। उहाँले हिन्दू स्वयंसेवक संघ नेपालले वैदिक चिन्तनलाई व्यवहारमा उतार्दै समग्र हिन्दू समाजलाई नै संगठित र चैतन्ययुक्त बनाउने कार्य गरिरहेको बताउनुभयो।

बृहत् शान्तिधाम नेपालका संस्थापक मठाधीश चतुर्भुजाचार्य चूडामणिजी महाराजले हिन्दू समाजमाथि भइरहेका चौतर्फी आक्रमणको सामना गर्न सबै हिन्दूहरू एक हुनुपर्नेमा जोड दिनुभयो। उहाँले हिन्दू स्वयंसेवक संघ नेपालको यस पवित्र कार्यमा तन, मन र धनले सहयोग गर्न सम्पूर्ण उपस्थित जनसमुदायलाई आग्रह गर्नुभयो।
कार्यक्रममा संघका माननीय राष्ट्रिय संघचालक श्री कल्याण कुमार तिम्सिना, माननीय राष्ट्रिय सहसंघचालक विष्णुप्रसाद पौडेल र बागमती सम्भागका माननीय संघचालक श्री नरबहादुर कँडेलसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। यसमा वरिष्ठ उद्योगपति, व्यवसायी, सञ्चारकर्मी, समाजसेवी र अवकाशप्राप्त अधिकारीहरू पनि सहभागी हुनुहुन्थ्यो।

प्रतिकृया दिनुहोस्