घटना
चितवनको सिमलतालमा पहिरोले यात्रुबाहक बगायो
चितवन । नारायणगढ मुग्लिन सडकखण्डमा पर्ने चितवनको सिमलतालमा गएको पहिरोले दुइवटा यात्रुबाहक बस बगाएको छ । भरतपुर महानगरपालिका वडा नं. २९ सिमलताल नजिकै गएको पहिरोले २ वटा बसहरु बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोले बगाएका २ वटा बसहरुमध्ये एउटा काठमाडौबाट गौर जादै गरेको बस हो भने अर्को बसको बारेमा जानकारी प्राप्त हुन सकेको […]
पूरा पढ्नुहोस्
बाढी, पहिरो र डुबानमा पुरिएर देशभर १४ जनाको मृत्यु
शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । बाढीपहिराेलगायतका विपतजन्य घटनामा परेर अन्य तीनजना बेपत्ता भएका छन् । १८ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बाढी, पहिरो तथा विपतजन्य घटनामा पुरिएर काठमाडौंमा एक, स्याङ्जामा तीन, […]
पूरा पढ्नुहोस्
संसद् भवनभित्र प्रहरी जवान मृत भेटिए
संघीय संसद् भवनभित्र प्रहरी जवान मृत भेटिएका छन् । बुधबार बिहान २२ वर्षीय प्रहरी जवान अजित गोले मृत भेटिएका हुन् । पारिवारिक कारणले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । अहिले घटनाको मुचुल्का भइरहेको छ । नेपाल प्रहरीको हेडक्वार्टरबाट खटाइएको स्पेसल टाक्स फोर्समा कार्यरत उनी ०७८ मा भर्ना भएका थिए । उनी बिहान ड्युटी गरिरहेका थिए । […]
पूरा पढ्नुहोस्
गोली प्रहारबाट घाइते बाराका क्याम्पस प्रमुखको निधन, २ जना पक्राउ
गोली प्रहार गरिएका बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको निधन भएको छ। क्याम्पसमाबाट घरतर्फ जाँदै गरेका उनलाई शुक्रबार दिउँसो अज्ञात व्यक्तिले आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा गोली प्रहार गरेका थिए। गम्भीर घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको थियो। उपचाररत कुशवाहालाई चिकित्सकहरुले भर्खरै मृतक घोषणा गरेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण […]
पूरा पढ्नुहोस्
बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार
रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभुषण कुशवाहामाथि गोली प्रहार भएको छ । बाराको आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार गरेको हो । गम्भीर घाइते उनलाई उपचारका लागि बयोधा अस्पताल, वीरगञ्ज लगिएको छ ।
पूरा पढ्नुहोस्
विद्यालय बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
त्रिशूली- नुवाकोटको बेलकोटगढी नगरपालिका–८ काशीटारमा विद्यालयको बससँग दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको निधन भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौँ निवासी रुविन रावल र स्वीकार राना छन् । उनीहरुको उमेर करिब २०–२१ वर्षको रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । उहाँको अनुसार घाइते हुनेमा […]
पूरा पढ्नुहोस्
झापामा परीक्षा दिएर फर्केकी छात्रामाथि आक्रमण, गोली लागेको आशंका
२१ वैशाख, काठमाडौं । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि आक्रमण भएको छ । आक्रमणमा परेर १८ वर्षकी एनिका अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिए । उनलाई दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका लागि पठाइएको छ । अधिकारी दमकको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत रहेको प्रहरीले […]
पूरा पढ्नुहोस्
मटिहानी आगलगी घटना राजनीतिक SCAM, गुठीको जग्गा कब्जा गर्ने ठुलो प्रपंच !
काठमाडौँ । महोत्तरीको मटिहानीस्थित भएको आगलगीको घटनामा गुठीको जग्गा कब्जा गर्ने प्रपँच गरिएको बताईएको छ । आफ्नो घर गाउँमा हुँदाहुँदै वडा नं. ६ स्थित रहेको विघौँ गुठीको जग्गामा अवैद्य रुपमा कब्जा गरी वस्ती बसाउने राजनीतिक प्रपँचको खुलसा भएको छ । गत बुधबार मटिहानी नगरपालिका वडा नम्बर ६ स्थित गुठी संस्थानको तैनाथी जग्गा जरलहबा गाछी (बगैँचा) […]
पूरा पढ्नुहोस्
कक्षा १२ को परिक्षामा नक्कली परीक्षार्थीलाई जाँच दिलाएको आरोपमा प्रिन्सिपल पक्राउ
बैशाख, १५ गते काठमाडौ । कक्षा १२ को परीक्षामा नक्कली परीक्षार्थीलाई जाँच दिलाएको आरोपमा काठमाडौंको धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेन्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महत पक्राउ परेका छन् । आफ्ना भाइहरूलाई कक्षा १२ पास गराउनका नक्कली परीक्षार्थी खडा गरेको पाइएको हो । यसअघि नै पासआउट भइसकेका विद्यार्थीहरूको फोटोको दुरुपयोग गरेर प्रिन्सिपल महतले नक्कली परीक्षार्थी खडा गरेर आफ्ना […]
पूरा पढ्नुहोस्
दुखद खबर : आगलागीबाट सयौं घर जलेर नष्ट
महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडा नं. ६ जरलहवा टोलमा बुधबार बिहानैदेखि लागेको भीषण आगलागीबाट सयौं घर खरानी भएका छन् । मटिहानी नगरपालिकाको नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानीको जरलहवामा बिहान १० बजेदेखि लागेको आगाे नियन्त्रणमा आउन नसकेको र सयभन्दा बढी घर जलेको जानकारी दिनुभयो । उहाँले सयभन्दा बढी घर तथा केही पशु जलेको र आगो नियन्त्रणमा लिने प्रयास भइरहेको […]
पूरा पढ्नुहोस्







