घटना

दुर्घटनामा परि परीक्षा दिएर घरफर्किदा एक विद्यार्थीकाे मृत्यु

असार २५,  वीरगन्ज ।   वीरगन्जमा  BBS Third Year को परीक्षा दिएर फर्कदै गर्दा मोटरसाइकल दुर्घटना परि ठाकुरराम क्याम्पसका एक  विद्यार्थी बिजय शर्माको मृत्यु भएको छ । साेमवारबाट सुरू भएको स्नातक तेस्रो वर्षकाे परीक्षा दिएर घर फर्कने समयमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पूरा पढ्नुहोस्

५ जनाको विभत्स हत्या गरी युवकले गरे आत्महत्या

भारतको उत्तर प्रदेशको मैनपुरीबाट एउटा हृदयविदारक खबर सार्वजनिक भएको छ । यहाँ एकै परिवारका सदस्य, आफन्त र साथीको विभत्स हत्या गरिएको छ । आफ्नो परिवारका कुल ५ जनाको हत्या गरे पछि ती व्याक्तिले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार घरको जेठो छोराले यो घटना गराएका हुन् । उनले पहिले परिवारका […]

पूरा पढ्नुहोस्

उपप्राध्यापक चलाउनेले स्थगित गरे अनशन

असार ८, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन स्थगित गरेका छन् । उनी पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका थिए । अनशन स्थगितबारे जानकारी दिन उनले दिउँसो एक बजे पत्रकार सम्मेलन गर्न लागेका छन् । चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेपछि चलाउने […]

पूरा पढ्नुहोस्

मुद्दा फिर्ताविरुद्ध धर्ना दिन पुगेका उपप्राध्यापक चलाउने पक्राउ

आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिन जिल्ला अदालत, काठमाडौं पुगेका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन् । प्रहरीले चलाउनेसहित केहीलाई नियन्त्रणमा लिएको हो । उनीहरुले मुद्दा फिर्ता नलिन र उपप्राध्यापक चलाउनेलाई न्याय दिन माग गरेका थिए । अदालतभित्र होहल्ला र नाराजुलुस गरेपछि चलाउनेलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसपी सिताराम रिजालले जानकारी […]

पूरा पढ्नुहोस्

कालोमोसो दलेको आरोपमा मोरङका नेविसंघ अध्यक्ष पक्राउ

जेठ ३२, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको आरोपमा नेपाल विद्यार्थी संघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परेका छन् । उनलाई बुधबार बिहान सुनसरी र मोरङ प्रहरीको संयुक्त टोलीले मोरङको बुढीगंगाबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालले बताए […]

पूरा पढ्नुहोस्

भारतको ओडिशामा भयानक रेल दुर्घटना, २ सयभन्दा बढीको मृत्यु

भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु भएको छ । भारतीय समाचार संस्थाहरूका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए । एनडीटीभीका अनुसार दुर्घटनामा २०७ जनाको मृत्यु भएको छ भने करिब ९ सय जना घाइते भएका छन् । दुर्घटना […]

पूरा पढ्नुहोस्

सीटीईभीटीका उच्च अधिकारी सवार गाडी सुनकोशीमा खस्यो

सिन्धुली — काठमाडौंबाट खोटाङ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को जिप सुनकोशीमा खसेको छ । मध्य पहाडी राजमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनमा शुक्रबार मध्याह्न भएको दुर्घटनामा गाडीका ड्राइभर झ्यालबाट हाम फालेर बच्न सफल भएको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले बताए । बा १ झ ७४६७ नम्बरको जीपमा सीटीईभीटीका निर्देशकहरु कृष्ण केसी, यमप्रसाद […]

पूरा पढ्नुहोस्

इलिप्स स्कुलको छात्रावासमा मृत भेटिए एक विद्यार्थी

काठमाडौंको नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) को छात्रावासभित्र एक जना विद्यार्थी मृत फेला परेका छन् । धादिङ घर भएका कक्षा ५ मा अध्ययनरत विद्यार्थी मृत फेला परेका हुन् । उनी आफू बस्ने कोठा भित्रै झुण्डिएको अवस्थामा गएराति मृत फेला परेको लैनचौर प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । मृत्युको […]

पूरा पढ्नुहोस्

नकाबधारी समूहद्वारा महोत्तरीमा एनएमबी बैकबाट रकम लुटपाट (भिडियो रिपोर्टसहित)

महोत्तरीको महोत्तरी गाउँपालिकास्थित एनएमबी बैँकमा लुटपाट भएको छ । आज साढे १२ बजेको समयमा नकाबधारी चार जनाले बैँकमा लुटपाट गरेका हुन् । बैँक शाखा प्रमुख मलिका ठाकुरले कति रकम लुटियो भन्ने यकिन नभएको बताउनुभयो । उहाँले प्रहरीले यसबारेमा अनुसन्धान सुरु गरेको र आजका लागि सम्पूर्ण कारोबार बन्द गरिएको जानकारी दिनुभयो । सिसिटिभी फुटेजमा नकाबधारीको हातमा […]

पूरा पढ्नुहोस्

निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

काठमाडौं, काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने बाग्लुङ बडिगार्ड गाउँपालिका-५ घर भएकी ३५ वर्षीया निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको अभियोगमा झापा मेचीनगर नगरपालिका-१० घर भई भक्तपुर नगरपालिका-१ लोकन्थली डेरा गरी बस्ने ३५ वर्षीय बिनोद विश्वकर्मालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-६ सरस्वतिनगरस्थित निरू किचेन एण्ड गिफ्ट स्वभिनर पसलमा वैशाख ७ गते दिउँसो आचार्यको […]

पूरा पढ्नुहोस्