अर्थ/व्यवसाय
पाथीभरामा १०० दिनमा आम्दानी ६६ लाख बढी भेटी संकलन
पाथीभरा मन्दिरमा एक सय दिनमा ६६ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । इलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि आम्दानी सार्वजनिक गर्न सुरु गरिएको हो । समितिका अनुसार फागुनमा २१ लाख ७० हजार दुई सय ९४, चैत महिनामा २० लाख ६४ हजार सात सय ४३ र वैशाखमा १८ लाख ८५ […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ५ अर्ब ९४ करोड बजेट
जेठ १५, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले कार्यक्रमको ढाँचा परिमार्जन गर्ने उल्लेख छ । अब कार्यक्रम अन्तर्गत सूचीकृत बेरोजगारलाई कार्यस्थलमा आधारित तालिमको व्यवस्था गरिने भएको छ । प्रत्येक स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रको स्तरीकरण […]
पूरा पढ्नुहोस्
ई-कमर्सबाट नेपाली वस्तुको व्यापार प्रवर्द्धन गर्न कानूनी व्यवस्था गरिने
जेठ १५, काठमाडौं । ई–कमर्सको माध्यमबाट नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानूनी व्यवस्था गरिने भएको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ई-कमर्सको माध्यमबाट हुने नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानूनी व्यवस्था गरिने र विद्युतीय हाटबजार मार्फत लघु, घरेलु तथा […]
पूरा पढ्नुहोस्
आइएमईमार्फत वैदेशिक रोजगारीमा रहेकाले सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने
सामाजिक सुरक्षा कोष र आइएमईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरूको सामाजिक सुरक्षा योजनाअन्तर्गत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका योगदानकर्ताबाट रकम संकलनको सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका हुन् । सम्झौता कार्यान्वयनपछि विदेशका आइएमई […]
पूरा पढ्नुहोस्
सरकारले स्वदेशी उत्पादन प्रवर्द्धन गर्न ‘हाम्रो उत्पादन, हाम्रो स्वाभिमान’ अभियान चलाउने
जेठ ५ , काठमाडौं । सरकारले ‘हाम्रो उत्पादन, हाम्रो स्वाभिमान’ अभियान चलाउने भएको छ । स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने गरी औद्योगिक विकास गर्न भन्दै सरकारले नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेको हो । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । […]
पूरा पढ्नुहोस्
परिषद्काे आर्थिक चिन्तन : काठमाडौंमा नेपालकाे अर्थतन्त्र चुनाैती र समाधान विषयक अर्थ संङ्गाेष्ठी
वैशाख २७, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले देशकाे वर्तमान आर्थिक अवस्थाकाे बारेमा चिन्तन गर्दै अर्थ संङ्गाेष्ठी कार्यक्रमकाे आयोजना गरेकाे छ । परिषद्ले बुधबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसकाे भाैतिकशास्त्र विभागमा नेपालकाे अर्थतन्त्र : चुनाैती र समाधान विषयक एक दिवसीय अर्थ सङ्गाेष्ठी कार्यक्रमकाे आयोजना गरेकाे हाे । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू, याेजना आयाेगका सदस्य, पूर्व गभर्नर र […]
पूरा पढ्नुहोस्
थ्री स्टार हाइड्रोपावरको आईपीओ खुल्यो
वैशाख ११, काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन खुला गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ४९ करोड २५ लाख […]
पूरा पढ्नुहोस्
भूगोल इनर्जिको आईपिओ तपाइलाई पर्यो त ? यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ आज आइतबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आज आइतबार दिउँसो शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आईपिओमा कुल १२ लाख ५४ हजार ६ वटा आवेदन परेको थियो । ति मध्ये ११ लाख ५३ हजार ५ सय ८३ जनाको आवेदन […]
पूरा पढ्नुहोस्
छुटाउनुभयो कि ? १० हजार कित्तासम्म भर्न पाइने आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । दोल्ती पावर कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेकोे आइपीओमा आवेदन दिने आज अर्थात बैशाख ३ गते अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिन्छ । कम्पनीले चैत २८ गतेदेखि १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार कम्पनीले प्रतिकित्ता १०० […]
पूरा पढ्नुहोस्
प्लास्टिकमुक्त सहर बनाउन टपरी उद्योगमा महिला
कैलालीको धनगढी उपमहानगर निवासी पूजा कुँवर चौधरी बिहानको घरायसी काम सकेर सामुदायिक भवन पुग्छिन्। उनीमात्र होइन वल्लोपल्लो घरका अरू महिलाहरू पनि पुग्छन्। दिनभरि गर्ने कामको बाँडफाँड गर्छन्। पात सुकाउने, पात गाँस्ने, सफा गर्ने, सिन्का बनाउने, मेसिन चलाउने लगायतका कामको बाँडफाँड हुन्छ। समूहका केही सदस्य जंगलमा रूखबाट झरेका सालका पात जम्मा गर्न जान्छन्। कोहीकोही रूखमा चढेर […]
पूरा पढ्नुहोस्







