- २३ आश्विन २०७९, आईतवार १३:१३
काठमाडौं क्षेत्र नं ३ मा नेपाली कांग्रेसबाट सन्तोष चालिसेले र क्षेत्र नं ३ प्रदेश “क” मा भने छिरिङ दोर्जे लामाले टिकट पाएका छन्। टिकटको अन्तिम लिस्ट आउने बित्तिकै नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ का सचिव दिपक रिसालले बताउएका छन् ।
सन्तोष चालिसे काँग्रेसका सोही क्षेत्रका क्षेत्रीय सभापति समेत रहेका छन् । उनले अघिल्लो स्थानीय चुनावमा गोकर्णेश्वर नगरपालिकाको मेयर पनि बनी सकेका थिए ।
छिरिङ दोर्जे लामा अघिल्लो कार्यकाल पनि सोही प्रदेशबाट सांसद् बनेर एक कार्यकाल पूरा गरिसकेका छन् ।
आउँदो मंसिर ४ गतेको संघीय र प्रदेशको चुनावको लागि देश भरी टिकेटको लहर चली रहेको छ। नेताहरु दशैंको माहोलमा भन्दा पनि टिकेटको माहोलमा बढी हुम्मिएका छन्। गठबन्धनको बाँडफाँटको चाटारोमा रहेका पार्टीले पनि आफ्नो उम्मेदवार लगभग टुङगोमा ल्याइसकेका छन्।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्