- १३ जेष्ठ २०७९, शुक्रबार २३:५४
जेठ १३, काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठान नेपालले २७ जना गाेल्डमेडालिष्टहरूलाई सम्मान गरेकाे छ ।
शुक्रबार काठमाडौंकाे नेपाल भारत मैत्री आन्नद पशुपति धर्मशालामामा एक प्रतिभा सम्मान कार्यक्रम आयाेजना गरी नेपालबाट भारतकाे विभिन्न विश्वविद्यालयमा गई अलग/अलग विषयमा अध्ययनगरी अलग अलग समयमा विश्वविद्यालयबाट गाेल्डमेडालिष्ट प्राप्त गरेर स्वदेश मै बसेर नेपालकाे अलग अलग क्षेत्र कामगरेर महत्त्वपूर्ण याेगदान पुर्याउनु भएका २७ जना व्यत्तिहरूलाई कार्यक्रमका प्रमुख अतिथि सुचना तथा संचार मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्की, विशिष्ट अतिथि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका डाइरेक्टर आशाबाई बापटज्युहरूले सम्मान गर्नु प्रदान गर्नु भएको थियोे ।
सुचना तथा संचार मन्त्री माननिय ज्ञानेन्द्र बहादुर कार्कीकाे प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा
नीतिअनुसन्धान प्रतिष्ठान नेपालका डाइरेक्टर डा दीपक कुमार अधिकारीज्युले नीति अनुसन्धान केन्द्रले २०१७ मा पहिलो प्रतिभा सम्मान कार्यक्रम आयोजना गरी ३२ जना समाजका प्रतिष्ठित व्यत्तीहरूलाई सम्मान गरेकाे र त्यस सँगै ४० बर्ष भन्दा मुनिका ७ जना युवा प्रतिभा र उद्यमीलाई पनि २०७४मा सम्मान गरेकाे कुरा उल्लेख गर्दै यश बर्ष पनि अलग अलग विधा र विषय छुट्याएर भारतकाे अलग अलग विश्वविद्यालयमा अध्ययन गरेर गाेल्डमेडालिष्ट प्राप्त गरेका व्यत्तिहरूलाई सम्मान गर्नु पर्छ भन्ने उदेश्यका साथ यस प्रतिभा सम्मान कार्यक्रम आयोजना गरेकाे बताउनु भएको थियोे ।

कार्यक्रम प्रमुख अतिथि सुचना तथा संचार मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीज्युले भारतबाट उच्च शिक्षा हासिल गरी गाेल्डमेडालिष्ट प्राप्त गरेका व्यत्तिलाई जुन सम्मान गरेकाे छ त्यसले समाजमा एउटा सकारात्मक सन्देश गरेको र त्यसकाे लागि आयोजकलाई धन्यवाद ज्ञापन गर्नु भएको थियोे । उहाँले हाम्रो सुन्दर देश नेपाललाई प्रकृतिले यति धेरै सम्पदाहरू दिएकाे छ त्यसलाई व्यबहार र अवसरमा रूपान्तर गरेर मुलुकलाई चाँडाे भन्दा चाँडाे सम्पन्न मुलुककाे रूपमा विकसित गर्नका निमित्त सम्मानित प्रतिभाहरूकाे धेरै ठुलाे भूमिका रहनु पर्ने बताउनु भएको थियो । उहाँले नेपाल र भारतकाे सम्बन्ध सरकार सरकार विच मात्र नभएर जनतार जनता विच , एउटै सभ्यता , एउटै संस्कृति भएकोले हामीले हाम्रो देशलाई समृद्धि बनाउन भारत सँग सुमधुर सम्बन्ध बनाउन सक्यौं भने हामी सफल हुने कुरा व्यत्त गर्नु भयो ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीज्युले ” शिक्षा अथवा विद्या अध्ययन गर्ने , एउटा प्रमाण पत्रलिने नेपाल आउने आफ्नाे ठाउँ काम गर्ने र जागिर खाने सँगमात्र सिमित नभएर यस्तो शिक्षाले नेपाल र भारतकाे सम्बन्धलाई ग्रस लेवलमा पुर्याउन , व्यत्तिव्यत्तिमा पुर्याउन महत्त्वपूर्ण याेगदान गर्ने कुरा उल्लेख गर्नु भएको थियोे । साथै उहाँले याे सम्मान कसैकाे रूचिले चाखले र चाँहाने नभई तपाईंहरूले आफ्नाे विश्वविद्यालयबाट मेरिटमा पाएकाे डिग्रीलाई मुल्यांकन गरेर नेपाल भित्र कहाँ हुनु हुन्छ खाेजि खाेजी यहाँहरूलाई सम्मान गरेकाेमा बधाई दिदैं अर्काकाे देशमा गएर पनि गाेल्डमेडालिष्ट प्राप्त गरेकाेमा खुशि व्यत्त गर्दै बधाई दिनु भएको थियोे ।
त्यसैगरी कार्यक्रमका अतिथि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिला देवि बज्राचार्यज्युले ” यस्तो किसिमकाे कार्यक्रम भईरहनु पर्ने र यसले नयाँ आउने पुस्ताहरूलाई उत्प्रेरणा मिल्ने साथै विदेशमा उच्च शिक्षा हासिल गरेर स्वदेशमै केही गर्नु पर्छ भन्ने भावकाे सकारात्मक सन्देश जाने भएकोले यस्तो कार्यक्रमहरूलाई प्राेत्साहन गर्नु पर्ने बताउनु भएको छ ” ।
साथै कार्यक्रमका अर्का अतिथि भूमी, सहकारी तथा गरिबी निबारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाज्युले समाजका विशिष्ट व्यत्तित्वहरूलाई कार्यक्रममा उपस्थिति गराई एउटै मालामा उनेर जुन कार्यक्रम नीतिअनुसन्धान प्रतिष्ठनले आयोजना गरेकाे छ त्याे अत्यन्तै राम्रो गरेकाे र नयाँ पुस्तालाई प्रेरण बनेकाे बताउनु भएको छ ।
त्यसैगरी विशिष्ट अतिथि स्वामी विवेकान्नद सांस्कृतिक प्रतिष्ठानका डाइरेक्टर आशाबाई बापटज्युले नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गरेकाे कार्यक्रमकाे प्रशंसा गर्दै शुभकामना मनतव्य व्यत्त गर्नु भएको थियोे ।
नीति अनुसन्धान प्रतिष्ठानले अलग अलग क्षेत्रमा कार्यरत व्यत्तिहरू मानविकी एवं सामाजिक विज्ञानकाे क्षेत्र, मेडिकल क्षेत्र, आइ.आई .टी क्षेत्र , C.A क्षेत्र , वकिल र कानुनी क्षेत्र, अन्तर्राष्ट्रिय सम्बन्धकाे क्षेत्रमा काम गर्ने व्यत्तीहरू जसमा चार्टर एकाउन्टेन्ट मदनकृष्ण शर्मा, जलस्रोत सिचाइ विभागका रवि शाक्य, नेपाल ल क्याम्पसका उत्साह भट्टराई, प्राध्यपक डिल्लीराम सङ्ग्राैला, नार्काका चेतन ज्ञावाली, नेपाल ट्रष्टका सुरेश कुमार वर्मा त्यसैगरी डाक्टर राम प्रसाद पाेखरेल, डाक्टर पुनम नेपाल लगायत अन्य विविध क्षेत्रमा कार्यरत व्यत्तिहरूलाई सम्मान गरेकाे हाे ।
कार्यक्रममा समाजका विशिष्ट व्यत्तिहरू , नेपाल सरकारका उच्च पदस्थ व्यत्तिहरू, पुर्व आइजिपी सर्वेन्द्र खनाल, पाेखरा विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्याल सचिवहरू रामप्रसाद थपलिया, प्रविला बज्राचार्य, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, सुचना तथा संचार मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्की , स्वामी विवेका नन्द सांस्कृतिक केन्द्रका डाइरेक्टर आशाबाई बापट लगायत विविध संघ संस्थाका प्रतिनिधिहरू, नीति अनुसन्धान प्रष्ठिनका डाइरेक्टर डा दीपककुमार अधिकारी लगायत ५ सय जना धन्दाबढी समाजका प्रबुध नागरिकहरूकाे उपस्थिति रहेकाे थियोे ।










प्रतिकृया दिनुहोस्