- १३ असार २०८२, शुक्रबार १५:१३
काठमाडौँ . राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारीमा जुटेको छ । केही बेरअघि बोर्डले नतिजा तयारीबारे परीक्षा नियन्त्रण कार्यालयसँग ब्रिफिङ लिइसकेको छ ।
बोर्डले केही प्राविधिक कामहरू भइरहेकाले ५ बजे बस्ने बैठकले आजै नतिजा प्रकाशन गर्ने कि नगर्ने निर्णय गर्ने बोर्डका एक सदस्यले जानकारी दिए । असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बने पनि गत २०८१ को चैत २० देखि ०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा सडक आन्दोलन गरेको सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो । गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्