- २३ चैत्र २०८१, शनिबार १८:४५
अब देखि काठमाडौ महानगरको स्कुलमा Digital Smart Board जडान गरिने भएको छ ।
काठमाडौं महानगरपालिकाले सार्वजनिक खरिद प्रक्रियामार्फत ल्याएका ३१३ वटा वोर्डहरु सूचना प्रविधि विभागबाट बोलपत्रको स्पेशिफिकेसन सम्बन्धी सामान्य ठक्करबाट स्क्रिन नचर्किने वा नफुट्ने लगायत सुरक्षा र आवश्यक प्राविधिक जाँच गरेर विद्यालयका कक्षा कोठामा जडान सुरु गरिएको काठमाडौंका मेयर वालेन शाहले जनाएका छन् ।
महानगरले विद्यालयमा स्मार्ट वोर्ड उपयोग गर्ने स्थान, शिक्षकको तत्परता र क्षमताका आधारमा बोर्ड जडान गर्दै जाने योजना रहेको मेयर शाहले बताएका छन् । बोर्ड चलाउन शिक्षकले तालिम लिइसकेकोले विद्यालयमा पहिले र अन्यमा क्रमशः बोर्ड जोडिने महानगरकाे भनाइ छ । शिक्षकले तालिम नलिएका विद्यालयहरुका लागि पहिले तालिम दिइने र पछि बोर्ड जडान गर्ने छ ।
मेयर शाहले भनेका छन् ” हाम्रा बालबालिकाहरू हाम्रो पहिलो प्राथमिकतामा हुन्, उनीहरूप्रति गर्ने लगानीले मात्रै उनीहरूलाई आफ्नो विद्यालय, समाज र देशप्रति गौरव गराउन सक्छ भन्ने कुरामा हामी प्रस्ट हुनै पर्छ । यसमा सबैको अपनत्व हुन आवश्यक छ ।”










प्रतिकृया दिनुहोस्