- २९ भाद्र २०८१, शनिबार १७:३८
काठमाडौं । हिमालय क्षेत्रमामा जलवायु परिवर्तन सम्बन्धि तीन दिने अन्तर्राष्ट्रिय सेमिनार शुक्रबारबाट प्रारम्भ भएको छ ।
शुक्रबार ललितपुरकाे NTNC स्थित अडिडाेरियम हलमा उक्त सेमिनारकाे परराष्ट्रमन्त्री डा.आर्जु राणा देउवाले ओैपचारिक रूपमा उद्घाटन गर्नु भएको थियोे ।
नीति अनुसन्धान प्रतिष्ठान सहित अन्य ६ वटा संस्थाहरूकाे संयुक्त आयोजनामा हिमाल क्षेत्रमा भइरहेको जलवायु परिवर्तन र त्यसकाे असरकाे विषयमा केन्द्रित रहेर बृहत् छलफल गरि एक निष्कर्ष निकाल्ने उद्देश्यका साथ उक्त त्रिदिवसिय सेमिनार आयोजना गरिएको आयोजकले जनाएको छ ।
सेमिनारमा जलवायु परिवर्तन, वातावरणीय प्रभाव र यसको असर सम्बन्धी विभिन्न विषयमा छलफल र बहस चल्ने छ ।
उक्त सेमिनारमा भागलिन दक्षिण एसियाका देशहरू भारत, भुटान बंगलादेश लगायत अन्य देशकाे प्रतिनिधित्व रहेको आयोजकले जनाएको छ । कार्यक्रममा हिमाल आराेही पद यात्री आङछिरिङ शेर्पालाई प्रमुख अतिथिको हातबाट सम्मान पनि गरिएको थियोे । साथै नीति अनुसन्धान प्रतिष्ठानले तयार पारेको तीनवटा महत्त्वपूर्ण पुस्तकहरू उद्घाटन सत्रमा उपस्थित अतिथिहरूकाे हातबाट विमाेचन पनि गरिएको थियोे ।
सेमिनारबारे डा.राम थपलियाले जलवायु परिवर्तनले हिमालयन देशहरू नेपाल, भारत , भुटान चाइना लगायतका देशहरूमा निरन्तर संकट उत्पन्न हुँदै गइरहेकोले यी देशहरूहरूले गम्भीर रूपमा समस्या समाधानका लागि तीव्र गतिमा सामुहिक रूपमा अगाडि बढनु पर्ने आवश्यकता गरेको बताउनु भएको थियोे ।











प्रतिकृया दिनुहोस्