- २ श्रावण २०८१, बुधबार १९:३४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार साउन ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिनु हुने भएको छ । सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले आइतवारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुहुनेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई गत आइतवार असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो । त्यसको भोलिपल्ट ३१ गते उहाँले सोमवार पद तथा गोपनीयताको शपथ लिनुभयो ।
संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । प्रधानमन्त्री ओलीले सत्ता पक्षका दलका नेता तथा प्रमुख सचेतकहरुसँग छलफल गर्दै ६ गतेका लागि विश्वासको मत लिने समय तय गर्नुभएको बर्तौलाले जानकारी दिनुभयो ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्