- ७ मंसिर २०८०, बिहीबार १६:२८
मंसिर ७, जनकपुर । जनकपुर धाममा सम्पन्न विद्यार्थी परिषद्काे केन्द्रीय कार्यकारिणी समिति बैठककाे अन्तिमदिन गंगासागरकाे तटमा नागरिक अभिनन्दन समारोह सम्पन्न भएको छ ।

यहीँ मंसिर ५, ६ र ७ गते सम्पन्न भएको केन्द्रीय कार्यकारिणी समितिकाे बैठक समापनसँगै आयोजना गरिएको नागरिक अभिन्नदन समाराेहमा परिषद्का राष्ट्रिय अध्यक्ष डा. गाेपीनाथ कण्डेल, राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, स्वागत समिति अध्यक्ष जानकारी मन्दिरका मठाधिश महन्त राेशन दास महाराज, महासचिव एन प्यब्सन धनुषाका अध्यक्ष आशिष् झा,
मधेस सरकारका श्रम तथा यातायात मन्त्री माननीय चन्दन कुमार सिंह विद्यार्थी प्रदेश मधेस प्रदेशका अध्यक्ष डा.सुस्मा तिवारीकाे लगायत देशका विद्यार्थी परिषद्का केन्द्रीय पदाधिकारी र सदस्यहरूसँगै जनकपुर धामका स्थानीय समाजसेवी व्यक्तिहरूकाे महत्त्वपूर्ण महत्त्वपूर्ण उपस्थिति अभिनन्दन समारोह सम्पन्न भएको हाे ।
समारोहमा परिषद् महासचिव विष्णुप्रसाद पंगेनीले विद्यार्थी परिषदले राष्ट्रिय दायित्व पूरा गर्दै समाजका हरेक दुख कष्ट र समस्या मलम लगाउदै भ्रष्टाचार, वेथिति र विसंगतिकाे बिरूद्दमा निरन्तर लडि रहेकाे र देशकाे शिक्षा क्षेत्रमा उदाहरणीय कार्य गरिरहेकाे कुरा बताएका थिए ।
त्यसैगरी माननीय मन्त्री चन्दन कुमार सिंहले विद्यार्थी परिषद्काे कार्य समाजमा असल व्यक्ति निर्माण गर्ने दिशामा निरन्तर काम गरिरहेकाेले आफ्नो साथ र सहयोग निरन्तर रहीरहने कुरा बताएका थिए । साथै हिन्दू विचारमा अडिक रहेर काम गरेकाेले एक दिन विद्यार्थी परिषद्ले याे देेशकाे हरेक क्षेत्रमा नेतृत्व गर्नेकुरामा कुनै दुई मत नरहेको बताए ।
फाेटाे फिचर











प्रतिकृया दिनुहोस्