- ३० कार्तिक २०७९, बुधबार २२:३२
कार्तिक २८, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ काे महासंग्राम यतिखेर उम्मेदवारहरू मतदाताकाे घरदैलोमा विभिन्न बाचा र कसहरू खाँदै मत मागि हरेका छन् । यश समयमा काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापाले ४ हजार भन्दाबढी मतकाे अन्तरले जितने पक्का पक्की भएको गगन थापा निकट स्थानीय नेताहरूले बताएका छन् । चुनावी अभियान कै क्रममा काठमाडौं क्षेत्र नम्बर ४ मा गठबन्धनकाे तर्फबाट साझा उम्मेदवारकाे रूपमा नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापा चुनावी मैदानमा छन् । यतिबेला उनकाे निर्वाचन क्षेत्रमा बढी चर्चा भई रहेकाे छ किन भने उनीले अब निर्वाचन जितेपछि प्रधानमन्त्री बन्ने भन्दै घाेषणा नै गरेर जनतासामु भाेट मागि रहेका छन् । यसै शिलसिलामा उनीले काठमाडौं महानगरपालिका र बुढानीलकण्ठकाे सबै वडाहरूमा घरदैलो गरिसकेका छन् । स्थानीय तह निर्वाचनमा क्षेत्र नम्बर ४ महानगरका अन्तरगतका सबै वडाहरूमा नेपाली काङ्ग्रेसले जितेकाे छ त्पयसमा गगन थापालाई डा.राजन भट्टराई भन्दाबढी मत आउने निश्चित रहेकाे स्थानीय नेताहरूले दावी गरिरहेका छन् । तर हामीले चावहीलका वडा न ७का केही स्थानीयहरूसँग साेभेर मत सर्वेक्षण गर्दा गगन थापाले एमसिसि पास गर्न सहयोग गरेकाे कारणले उनलाई गत चुनावमा भाेट हालेकाहरूले पनि यसपटक भाेट नहाल्ने बताएका छन् । तर ती व्यक्तिहरू गगन थापाकाे विकल्प कसलाई हाल्ने भनेर साेध्दा अब नयाँ आएका उम्मेदवारहरूलाई भाेट हाल्ने बताएका थिए । यसरी हेर्दा गगन थापालाई गत चुनाव भन्दा मत कम आउने देखिन्छ त गठबन्धन भएको कारण उनकाे पुरानो भाेटमा कमि आए पनि यता गठबन्धनकाे भाेट थपिने भने पक्का छ । त्यसकरणले पनि महानगरपालिका अन्तरगत गगन थापाले ५ हजार भन्दाढी मत ल्याउने पक्का जस्तै भएको प्रदेश सचिव मनाेज सिग्देलले बताए । उता एमालेका नेताहरूकाे अनुसार महानगरपालिका अन्यतरगतकाे चुनावी माहाेल हेर्दा एमालेका उम्मेदवार डा. राजन भट्टराईकाे पनि राम्रै बनेकाे र यसपटक याे क्षेत्रमा डा. राजन भट्टराई कै बढी मत आउने कुरा दुई मतै नरहेको एमालेका स्थानीय नेताहरूले पनि बताउने गरेका छन् । गगन थापालाई बुढानिलकण्ठ क्षेत्रकाे वडा १ पनि गठबन्धन अगाडि हुने १३ मा ४/५ सयले गठबन्धन अगाडि हुने र , १० मा ४ देखि ५ सयले एमालेले लिड गर्ने र बाँकी सबैमा १३ मा गठबन्धनले जितने निश्चित भएको काङ्ग्रेसका नेताहरूले बताएका छन् । काठमाडौं महानगर भित्र त काङ्ग्रेसले ३ हजार भन्दाबढी मतले लिड गर्ने बताइ रहेका छन् । अझ गगन थापाकाे सचिवालयका अनुसार बुढानीलकण्ठ क्षेत्रमा नै गगन थापले लिड गरेर आउने भएकोले चुनाव सजिलै जितने निश्चित भइसकेको दावि गरेकाे छ । किन भने पहिला बाम गठबन्धन हुँदा त धेरै मत फरक नपरेकाे समयमा अहिले त उल्टाे गठबन्धन भएकोले समाजवादी र मओवादीकाे भाेट जाेडदा उनले बुढानिलकण्ठबाटै लिड गर्ने दावी सचिवालयले गरेकाे छ । यता काङ्ग्रेसका नेताहरूले भने गगन थापाले अबकाे प्रधानमन्त्री मै बन्ने हाे भनेर घाेषणा गरेकाे हुनाले डा.राजन भट्टराईलाई भन्दा गगन थापालाई नै यश क्षेत्रकाे जनताले मतदान गरेर जिताउनेमा दुई नरहेकाे बताइ रहेका छन् ।










प्रतिकृया दिनुहोस्