- १८ चैत्र २०७८, शुक्रबार १२:४९
काठमाडाैँ । सन्ताेष आचार्य , ओली प्रधानमन्त्री हुँदा २०७४ सालमा नेपालको प्रति व्यक्ती ऋण ३१,७५० थियो अर्थात रु. ३१,७५० X २,८८,२९,००० जना = रु. ९,१५,३२,०७,५०,००० थियो !
ओलीले प्रधानमन्त्री त्याग गर्दा २०७८ मा यो ऋण बढेर ५८,०६६ पुग्यो ! अर्थात रु. ५८,०६६ X २,८८,२९,००० जना = रु. १६,७३,९८,४७,१४,००० पुग्यो ।
नेपालको कुल जनसंख्या २,८८,२९,००० जनालाई आधार मानेर यो हिसाब गरिन्छ ।
अर्थात तपाई म मात्र होईन दुवई, कतार, अरब, अमेरिका, अस्ट्रेलिया बस्ने नेपाली सबैको टाउकोमा यो ऋण विद्यमान छ । हो ओली प्रधानमन्त्री भए पछी विकासको केही पूर्वाधारहरू खडा नभएको अवस्य होईन । तर उनको कार्यकालमा भ्रष्टाचारले सबै सिमा नाघेको प्रष्ट देख्न सकिन्छ ।
अनुदान सहयोग स्वरूप पनि बिभिन्न देशले सहयोग गरेको छन् विकास निर्माणको काम गर्दिएको छन् जुन कुराको हिसाब यो ऋण भित्र पर्दैन ।
यसको अलावा नेपालमा राजस्व, रेमिट्यान्स आदि जस्ता आन्तरिक आम्दानी बाट उठेको पैशा पनि छ । त्यो पनि राष्ट्र पुनर्निर्माण, विकास, पूर्वाधार मर्मत एवं राष्ट्र संचालनमा खर्च भएको छ ।
तरपनि उनको ४ वर्षे कार्यकालमा मात्र रु. १६,७३,९८,४७,१४,००० – रु. ९,१५,३२,०७,५०,००० = रु. ७,५८,६६,३९,६४,००० ऋण थपिएको छ । अब तपाई आफैँ छातीमा हात राखेर भन्नुस के ओलीको चार वर्षे कार्यकालमा ७ खर्ब ५८ अरब ६६ करोड ३९ लाख ६४ हजार रुपैया बराबरको विकास निर्माणको काम भएको छ त ? छैन भने २,८८,२९,००० जनाको टाउकोमा ४ वर्षको अवधिमा रु. २६,३१६ को दरले ऋण थपेर मैले समृद्धी ल्याए मेरो पालामा बिकास निर्माणको काम गरे भनेर कुन मुखले बोलि रहेको छन् ? यो त ऋण लिएर खाएको पैशाको मात्र हिसाब हो यो ४ वर्षमा देशले पनि त राजस्व, ट्याक्स आदी आम्दानी संकलन गर्यो होला नि ?
कहाँ गयो त्यो पैशा ?? २/४ वटा भ्यु टावर बनाउँदैमा अनि केही पुनर्निर्माणको काम गर्दैमा यतिका पैशा हिनामिना गर्न पाईन्छ ? सडक निर्माण, मर्मत, पुरातात्विक सम्पदा निर्माण, भूकम्पले क्षती गरेको सम्पदा पुनर्निर्माण आदि जस्ता कयौ केसमा अनुदान स्वरूप रकम नि आएको छ खोई त्यो पैशा ? ओली र उनको मंत्री मण्डल अनि आफ्ना मेयर र नेतालाई जहाँ भेटिन्छ त्यहीँ हिसाब माग्ने आदत बसाऔँ ओली प्रधानमन्त्री हुनु अघिको मिति सम्म जम्मा ३१ हजार ऋण भएको नेपालीको टाउकोमा ४ वर्षमा मात्र २६३१६ रुपैया ऋण थपेर खोई कति र कहाँ विकास गर्यौ भनेर हामीले माग्न सक्नु पर्छ ।
यसरी रहेक नेतृत्व सँग हिसाब सोध्ने आदत हामी सबैले बसाल्नु पर्छ तब मात्र नेतृत्वले गलत गर्नबाट डराउछन्, अन्यथा उनिहरूकाे मनपरितन्त्र चलिनै रहने छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्