- २४ श्रावण २०८२, शुक्रबार १५:००
काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले भारतको उर्जा मागलाई ध्यानमा राखी नेपालले विद्युत निर्यात रणनीति बनाउनुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको नीति संवाद कार्यक्रममा बोल्दै उनले भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने अवस्था नरहेको बताए।
उनले भौगोलिक चुनौतीका कारण भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्न सम्भव नभएको उल्लेख गरे। उनले नेपालको जलस्रोतको अधिकतम मूल्य प्राप्तिका लागि अनुसन्धान र विश्लेषण अपरिहार्य भएको पनि बताए।
नेपालको आफ्नै नीति र भौगोलिक समस्याको कारण विगतमा जलस्रोतको न्यूनतम उपयोग गर्न पनि नसकेको टिप्पणी गरे ।
उनले भने, ‘भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने अवस्था पनि छैन। ट्रान्समिसन लाइन भए पनि भारतले नै दिनुपर्छ। त्यस्तो अवस्थामा भारतमा उर्जाको माग कस्तो भन्ने विषयमा एउटा उपयुक्त रणनीति बनाएर हामीले अगाडि बढ्नुपर्ने आवश्यकता छ।’










प्रतिकृया दिनुहोस्