- २ माघ २०७८, आईतवार २२:३४
चितवन । चितवनका नव उद्यमी युवाहरूद्वारा भरतपुर महानगरपालिका -१० सप्तगण्डकी चाेकमा वियर दरबार रेस्टुरेन्ट संचालनमा ल्याएका छन् ।

वियरका पारखी लाई मध्यनजर गर्दै चितवनका नव उद्यमी युवाहरूद्वारा भरतपुर महानगरपालिका -१० सप्तगण्डकी चाेकमा वियर दरबार रेस्टुरेन्ट संचालनमा ल्याएका छन् ।
८५ लाख लगानीमा २ बर्षकाे योजना र निरन्तर परिश्रम मेहनत पश्चात् ४ जना युवाहरू मिलेर आधुनिक सुविधायुक्त र वियर दरवार संचालनमा ल्याएका हुन ।

स्नातकोत्तर पश्चात् स्वदेशमा नै केही गर्नु पर्छ भन्ने उदेश्यका साथ म्यानेजमेन्ट , साइन्स , फार्मेसी र हाेटल म्यानेजमेन्ट पढेका तीस वर्ष मुनीका फरक आयामका युवाहरू सुमन अधिकारी , राजेश ढकाल, प्रवेश ढकाल, माेहन सापकोटा मिलेर पृथक किसिमले, वियरलाई नै लक्षित गरि वियर दरबार क्याफे, रेस्टुरेन्ट एण्ड बार संचालनमा ल्याएकाे रेस्टुरेन्टका संचालक एवम प्रवन्ध निर्देशक सुमन अधिकारी ले जानकारी दिनु भएकाे छ ।
रेस्टुरेन्टमा अलग अलग किसिमकाे कफि, खाजा सेट,लाईभ वार्विक्यु, मटन र टर्की को कटीया, घुङ्गी लगायत केहि मौलिक खाजाका प्रकारहरु को स्वाद सङ्गै ४० कम्पनीका सय भेराईटीका स्वदेशी तथा विदेशी ब्राण्डका ड्राफ्टेड र क्राफ्टेड वियरहरु पाइने उहाँहरूले बताउनु भएको छ । उहाँहरूले वियर दरवार प्रा.लिकाे नामबाट वियर दरवार क्याफे रेस्टुरेन्ट एण्ड बार संचालनमा ल्याएका हुन ।

रेस्टुरेन्टको औपचारिक उद्घाटन भोली अर्थात माघ ३ गते शुभ साइतमा गरिने संचालकले जनाएका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्