- १५ श्रावण २०८१, मंगलवार १५:३६
कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा छालाको अस्पताल खोल्ने भन्दै स्थानीयलाई झुक्याएर खोलिएको चर्चमा उपमहानगरले डोजर चलाएको छ ।
सोमबार मात्रै धनगढी उपमहानगरले लेट मेईन नामक संस्थाले लिएको अनुमति रद्ध गरेको गर्दै आज डोजर चलाएको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को मनेहरामा लेट मेईन प्राली नामक संस्थाले स्थानीय प्रभाकर भण्डारीबाट जग्गा भाडामा लिएर भवन बनाएको थियो । वरीपरीका स्थानीयलाई छालाको अस्पताल बनाईरहेको भन्दै झुक्याईएको थियो भने वडा नम्बर ७ को वडा कार्यालयबाट पनि तालिम चलाउने सेमिनार हल भनेर इजाजत लिइएको थियो ।
तर उक्त इजाजत भन्दा झरक ब्यवसाय भएको भन्दै उपमहानगरले लेट मेईन प्रालिले लिएको अनुमति खारेज गर्दै मंगलबार डोजर चलाएको हो । उपमहानगरका तीन वटा डोजर र नगरप्रहरीले उक्त भवन भत्काएको छ ।
त्यस भवनमा केही दिन यता चर्च सञ्चालनमा थियो । अस्पताल बनाउने भन्दै झुक्याएर चर्चमा संगती हुन थालेपछि स्थानीयले विरोध गरेका थिए । उनीहरुले उपमहानगरमा उजुरी पनि हालेका छन् ।
यसअघि उपमहानगरपालिकाले लेट मेइन धनगढी प्रालिलाई २४ घण्टा भित्र लिखित जवाफ दिन पत्र काटेपछि सो अवधीभित्र उसले जवाफ नफर्काएको उपमहानगरले जनाएको छ ।
उपमहानगरपालिकाले विभिन्न मिडियामा आएको समाचार तथा स्थानीयको समेत गुनासो आएकाले संस्था दर्ता भए/ नभएको, भवनको नक्सा पास भए/नभएको, जग्गा धनीसँग गरिएको सम्झौता, सम्झौता बमोजिम कार्यक्रम भए/नभएको लगायतका प्रमाण माग गरेको थियो । चर्चका तीन जना सन्चालक समेत पक्राउ परिसकेका छन् ।










प्रतिकृया दिनुहोस्