Tag: गाेपाल हमाल
धनगढीका ११८३ स्कुले छात्रालाई पोसाक
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत छात्रालाई पोसाक वितरण सुरु गरेको छ । ग्रामीण क्षेत्रका पाँच वटा विद्यालयमा अध्ययनरत एक हजार एक सय ८३ छात्रालाई पोसाक वितरण गर्न थालिएको उपमहानगरपालिकाका मेयर गोपाल हमालले जानकारी दिए । ९ नम्बर वडामा रहेको भवानी मावि, १२ नम्बर वडाको सिद्धनाथ मावि, वडा नम्बर १८ को चन्द्रोदय […]
पूरा पढ्नुहोस्
संस्कृतमा आचार्य गरेका कृष्ण दमाईलाई धनगढी उपमहानगरको सम्मान
धनगढी- संस्कृत साहित्यमा दलित समुदायबाट पहिलो पटक आचार्य उत्तीर्ण गरेका कृष्णबहादुर दमाईलाई धनगढीमा सम्मान गरिएको छ। शनिबार एक कार्यक्रमका बीच धनगढी उपमहानगरपालिकाले कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का दमाईलाई सम्मान एवं बधाई ज्ञापन गरेकाे छ। दमाई नेपाल संस्कृत विश्वविद्यालय बेलझुन्डी दाङबाट संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गरेका छन्। सम्मान कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गाेपाल हमालले आचार्य दमाईलाई १ […]
पूरा पढ्नुहोस्
अस्पताल भन्दै बनाईएको चर्चमा चल्यो धनगढी उपमहानगरको डोजर
कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा छालाको अस्पताल खोल्ने भन्दै स्थानीयलाई झुक्याएर खोलिएको चर्चमा उपमहानगरले डोजर चलाएको छ । सोमबार मात्रै धनगढी उपमहानगरले लेट मेईन नामक संस्थाले लिएको अनुमति रद्ध गरेको गर्दै आज डोजर चलाएको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को मनेहरामा लेट मेईन प्राली नामक संस्थाले स्थानीय प्रभाकर भण्डारीबाट जग्गा […]
पूरा पढ्नुहोस्
धनगढीकाे सामुदायिक विद्यालयमा नतिजा सुधार, कुन विद्यालयको कस्तो ?
धनगढी । कैलालीको धनगढीमा ८ कक्षाको परीक्षाको नतिजा ९ प्रतिशतबाट बढेर ३१ प्रतिशत पुगेको छ । सामुदायिक विद्यालयहरूको आधारभूत तहको परीक्षा नतिजामा गत वर्षभन्दा यस वर्ष सुधार भएको छ । गत वर्ष परीक्षामा सहभागी भएकामध्ये पहिलो चरणमा ९ दशमलव ४७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए । यस वर्ष सामुदायिक विद्यालयबाट पहिलो चरणमा ३१ प्रतिशत विद्यार्थी […]
पूरा पढ्नुहोस्
चौथो चरणको उज्यालो धनगढी कार्यक्रम : जडान गरिएका स्ट्रिप रोप लाइटको उद्घाटन
धनगढीः मोहना–अत्तरिया ६ लेन सडक खण्डमा जडान गरिएका स्ट्रिप रोप लाइटको उद्घाटन गरिएको छ। चौथो चरणको ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत ६ लेन सडक खण्डमा धनगढी उपमहानगरपालिकाले जडान गरेका स्ट्रिप रोप लाइटको उद्घाटन गरिएको हो। आइतबार साँझ सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले स्विच दाबेर स्ट्रिप रोप लाइटको उद्घाटन गरेका हुन्। मन्त्री देउवाले धनगढी शहरलाई उज्यालो […]
पूरा पढ्नुहोस्
गरिब–विपन्नको स्वास्थ्यसेवामा पहुँच बढाउँदै धनगढी उपमहानगर
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले हरेक वडामा महिनाको एकपटक ‘निःशुल्क विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालन गर्दै आएको छ । १९ वटा वडा रहेको यो उपमहानगरपालिकाले आर्थिक अभावले उपचार गर्न नसक्ने गरिब तथा विपन्न नागरिकलाई घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालन गर्दै आएको हो । गत आर्थिक वर्ष २०७९–८० […]
पूरा पढ्नुहोस्
जापानमा रोजगारीका लागि पठाउन धनगढी उपमहानगरद्वारा सम्झौता, को–को जान पाउँछ ?
कैलालीको धनगढी उपमहानगरपालिकाले रोजगारीका लागि जापान पठाउन जापान इन्टरनेसनल को–अपरेसन एजेन्सी (जाइका) सँग सम्झौता गरेको छ । जापानमा रोजगारीका लागि पठाउन धनगढी उपमहानगरपालिकाको तर्फबाट नगर प्रमुख (मेयर) गोपाल हमाल र जाइकाको तर्फबाट प्रोजेक्ट म्यानेजर राजनकुमार पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मेयर हमालले ३५ वर्ष ननाघेको र कम्तीमा एसएलसी (एसईई) पास भएको व्यक्तिले रोजगारीका […]
पूरा पढ्नुहोस्
अयोध्यामा हुने प्राण प्रतिष्ठा समारोहमा धनगढीका नगर प्रमुख हमाललाई निमन्त्रणा
धनगढी । अयोध्या श्रीराम जन्मभूमिमा हुने प्राण प्रतिष्ठा समारोहमा धनगढी उप(महानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई निमन्त्रणा आएको छ । पौष , शुक्ल द्वादशी बिक्रम सम्बत २०८० सोमबार (२२जनवरी २०२४) मा हुने उक्त समारोहमा श्रीराम जन्मभूमी तिर्थ क्षेत्र मन्दिर निर्माण कार्यशाला रामघाट अयोध्याबाट नगर प्रमुखलाई निमन्त्रणा आएको हो । श्रीरामललाको गर्भगृहमा हुने प्राण प्रतिष्ठा समारोहमा भारतका […]
पूरा पढ्नुहोस्
धनगढीमा निशुल्क क्यान्सर हेल्थ क्याम्पबाट १९१ जनाले लिए सेवा
धनगढी । धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको निशुल्क क्यान्सर हेल्थ क्याम्पमा १९१ जनाले सेवा लिएका छन । धनगढी उपमहानगरपालिका, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा बाकेसँग सहकार्य गरेर निशुल्क क्यान्सर हेल्थ क्याम्प सञ्चालन गर्दै आएको छ । शनिबार भएको शिविरमा १३८ महिला र ५३ पुरुष गरी १९१ जनाले सेवा लिएका छन । ६३ महिलाको भीआईएबाट पाठेघरको […]
पूरा पढ्नुहोस्
धनगढीमा आधुनिक बसपार्क निर्माण गर्न ‘डिपिआर’ तयार
धनगढी: धनगढीमा निर्माण गरिने आधुनिक बसपार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ। धनगढी उपमहानगरपालिका–३ को चटकपुर, कालिकाटोलमा प्रस्तावित आधुनिक बसपार्कको डिपिआर तयार भएको हो। नगर विकास कोष र धनगढी उपमहानगरपालिकाको बित्तीय लगानीमा निर्माण गरिने प्रस्तावित बसपार्कको डिपिआर तयार भएको नगर प्रमुख गोपाल हमालले जानकारी दिए। धनगढी उपमहनगरले वडा नम्बर ३ चटकपुर, कालिकानगरको सरकारी पर्ति जग्गामा […]
पूरा पढ्नुहोस्







