- १३ श्रावण २०८१, आईतवार १७:२१
काठमाडौँ । गाेकर्णेश्वर नगर छोरी नसिर्ङ शिक्षा कार्यक्रम अन्तर्गत PCL Nursing मा गाेकर्णेश्वर नगरपालिकाले ५०% छात्रवृत्तिमा नसिर्ङ पढाउने घाेषणा गरेको छ ।
गाेकर्णेश्वर नगरपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रम २०८१/०८२ मा उक्त कार्यक्रमलाई अगाडि बढाई बजेट पनि छुट्याइएकाे नगर प्रमुख दीपक कुमार रिसालले बताएका छन् ।
आफ्नै नगर अस्पताल बनाइरहेका गाेकर्णेश्वरले छाेरि नर्सिङ कार्यक्रमलाई अगाडि सारेर आफ्नो नगरमा आवश्यक जनशक्ति उत्पादनमा गरी आत्मनिर्भर नगर निर्माण कार्यलाई तिव्रता दिएका छन् ।
उसाे त स्वास्थ्य क्षेत्रमा गाेकर्णेश्वर नगरपालिका देशभरमा उत्कृष्ट नगरपालिकाकाे रूपमा सम्मानित पनि भइसकेको । अझैँ आफ्नो नगरपालिकामा स्वास्थ्य शिक्षामा पनि उदाहरणीय कार्य गर्नका लागि नगर प्रमुख छाेरी नर्सिङ शिक्षा कार्यक्रम अगाडि बढाएर गाेकर्णेश्वर नगरपालिकाका छाेरिहरूलाई उत्साहित पार्ने कार्यक्रम ल्याएर नगरवासिकाे सदासय पाइरहेका छन् ।
त्यस कार्यक्रमबाट लाभ लिनका लागि नगरपालिकाभित्रको नागरिकता वा मतदाता परिचय पत्र सहित नगरपालिकामा सम्पर्कका लागि नगर प्रमुखले अनुरोध गरेका छन् ।










प्रतिकृया दिनुहोस्