- १० फाल्गुन २०८०, बिहीबार १४:५९
काठमाडौँ । स्वास्थ्य मन्त्री माेहनबहादुर बस्नेतले गाेकर्णेश्वरमा १५ शैयाकाे नगर अस्पतालकाे शिलान्यास गरेका छन् ।
विहिबार २८ कराेड लागतमा गाेकर्णश्वर नगरपालिका वडा न ४ मा बन्न लागेकाे १५ शैयाकाे नगर अस्पताल नेपाल सरकारका स्वास्थ्य मन्त्री माननीय माेहन बहादुर बस्नेतले शिलान्यास गरेका हुन् ।

गाेकर्णेश्वर नगरका नगर प्रमुखले दीपक कुमार रिसालकाे सभापतित्वमा सम्पन्न भएको शिलान्यास कार्यक्रममा नगर उप-प्रमुख सान्नानि लामालले स्वागत मनतव्य राख्नु भएको थियोे ।

कार्यक्रममा अर्थ समितिका सभापति एवम् संघीय सांसद सन्तोष चालिसे , पूर्व माननीय एवम् संविधान सभा सदस्य रामेश्वर फुयाल, कृष्ण राई, संघीय सांसद शान्ति श्रेष्ठ , प्रदेश सभा सदस्यहरू छिरिङ दाेर्जे लामा, बाैद्ध प्रहरी प्रमुख राजु पाण्डे लगायतका जनप्रतिनिधिहरू र स्थानीय स्वयंसेवीहरू स्थानीयवासीहरूकाे महत्त्वपूर्ण उपस्थिति रहेको थियोे ।

















प्रतिकृया दिनुहोस्