- १८ कार्तिक २०८०, शनिबार ०९:५६
रुकुम पश्चिममा ज्यान गुमाएका ३६ जनामध्ये २७ जनाको सनाखत भएको छ। जसमध्ये १९ जना बालवालिका रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मृतक बालबालिकामा सानीभेरी गाउँपालिका-२ का १२ वर्षीय मनिषा परियार, आठ वर्षीय यमराज पुन, दुई वर्षीय सितम पुन, १० महिने बालक रेजन वली छन्।
त्यस्तै, सानीभेरी गाउँपालिका-४ का आठ वर्षीय निर्जल चन्दको मृत्यु भएको छ। आठविसकोट नगरपालिका-११ गौरी गाउँका १८ महिनाकी एलिसा कामी, चार वर्षीय आशा कामी, ६ वर्षीय दिया कामी, नौ वर्षीया रिया कामी, १३ वर्षीया सिर्जना कामीको भूकम्पमा परी ज्यान गएको छ।
यसैगरी, आठविसकोट-१२ का १४ वर्षीय रमेश पुन, १३ वर्षीय दिलबहादुर केसी, आठविसकोट-१४ का तीन वर्षीय बासु बुढा, पाँच वर्षीया भावना जैसी, दुई वर्षीय दिपेन जैसी, १३ वर्षीया सरिता विक, १३ वर्षीय मदन गौतमको पनि ज्यान गएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रवत्ता गोपाल भट्टराईका अनुसार सनाखत हुन बाँकी नै रहेकाले कति बालवालिका छन् भन्ने एकीन हुन नसकेको बताए। रातिको समयमा भूकम्प गएका कारण धेरै बालवालिकाको ज्यान गएको भट्टराईले बताए।
गएराति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पमा मृत्यु हुनेको संख्या १२९ पुगेको सशस्त्र प्रहरी बलले जनाएको छ।










प्रतिकृया दिनुहोस्