Tag: भूकम्प
भूकम्पका कारण स्नातकको परीक्षा समय १५ मिनेट थप
भूकम्पका कारण स्नातकको परीक्षा समय १५ मिनेट थप गरिएको छ। त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको मंगलबारको परीक्षामा १५ मिनेट समय थप गरिएको हो । बिहान ७ बजेबाट परीक्षा थियो । तर परीक्षा सुरु हुनुअघि भूकम्प आएपछि केहीबेर परीक्षा प्रभावित भएको थियो । त्रिविका रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल ‘१५ मिनेट परीक्षाको समय थप गर्न सबै […]
पूरा पढ्नुहोस्
नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प
काठमाडौं । आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमानाको तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसले नेपालका प्राय ठाउँमा धक्का दिएको छ ।
पूरा पढ्नुहोस्
काठमाडौंमा भूकम्पको धक्का महसुस
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको त्यस क्षेत्रका स्थानीयहरूले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।
पूरा पढ्नुहोस्
भूकम्पबाट ज्यान गुमाउने अधिकांस बालबालिका
रुकुम पश्चिममा ज्यान गुमाएका ३६ जनामध्ये २७ जनाको सनाखत भएको छ। जसमध्ये १९ जना बालवालिका रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतक बालबालिकामा सानीभेरी गाउँपालिका-२ का १२ वर्षीय मनिषा परियार, आठ वर्षीय यमराज पुन, दुई वर्षीय सितम पुन, १० महिने बालक रेजन वली छन्। त्यस्तै, सानीभेरी गाउँपालिका-४ का आठ वर्षीय निर्जल चन्दको मृत्यु भएको छ। […]
पूरा पढ्नुहोस्
नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको भूकम्पमा परेर मृत्यु
सुर्खेत । जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले रातोपाटीलाई जानकारी दिए । उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उहाँको मृत्यु भएको हो,’ रोकाले भने । सिंह गत स्थानीय निर्वाचनमा […]
पूरा पढ्नुहोस्
भूकम्पले धादिङमा ठाउँठाउँमा पहिरो
आइतबार बिहान ७ः३९ बजे धादिङ, ज्वालामुखी गाउँपालिका-५ केन्द्रविन्दु गरी भूकम्प गएको छ। खरी आसपासका क्षेत्रमा ठूलो कम्पन महसुस गरिएको गाउँपालिका उपाध्यक्ष धनबहादुर अर्यालले जानकारी दिए। ‘६.१ म्याग्निम्युडको भनेर आइरहेको छ। तर, हामीले त्योभन्दा ठूलो कम्पन महसुस गर्यौं,’ गाउँपालिका उपाध्यक्ष अर्यालले भने, ‘भूकम्पका कारण बूढीगण्डकीको तटीय क्षेत्रमा जमिनमा चिरा परेको विवरण आइरहेको छ।’ उनले माटाका ढिस्काहरू भत्कनेबाहेक […]
पूरा पढ्नुहोस्
रोकिएन बझाङमा भूकम्पको धक्का, फेरि गयो ५.३ म्याग्निच्युडको परकम्प
असोज २०, काठमाडौं । बझाङमा यही असोज १६ गते गएको भूकम्पपछि परकम्प जाने क्रम जारी छ । आज बिहान ११ बजेर ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको परकम्प गएको छ । १६ गते दिउँसो २:४० मा ५.३ र ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी […]
पूरा पढ्नुहोस्
भूकम्पकाे क्षति र अवस्था बुझन जनप्रतिनिधि अनुगमनमा, क्षतिको विवरण दिन अनुरोध
असाेज १६, बझाङ । बझाङको बित्थडचिर गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष हरिश्चन्द्र जोशी अनुगमनमा खटिएका छन् । मंगलबार दिउँसो ३ बजेर ७ मिनेटमा तलकोट गाउँपालिका केन्द्रविन्दुु भएर गएको ६.३ रेक्टरस्केलको भुकम्पले वडा भित्र के कति क्षती गरेको छ भनी विवरण उपलब्ध गराउन सुचना जारी गर्दै आफैँ अनुुगमनमा खटिएका छन् । वडाध्यक्ष जोशीको […]
पूरा पढ्नुहोस्
भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु
माघ १०, धनगढी । बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्याँमा केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ । गौमुल गाउँपालिका-२ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाले बताए । घाँस काटिरहेको बेला भूकम्पका कारण माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ । बाजुराकै हिमाली गाउँपालिकाको […]
पूरा पढ्नुहोस्
इलाम केन्द्रविन्दू भएर भूकम्प
काठमाडौं : इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले गएको छ। केही दिन पहिले पश्चिम केन्द्रविन्दु भएर […]
पूरा पढ्नुहोस्







