- ९ असार २०८०, शनिबार १८:३६
असार ९, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको ११ औं नगर सभाको उद्घाटन गरि २०८०/०८१ काे बार्षीक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।

शनिबार जोरपाटी स्थित पिस ब्याङ्केटमा आयोजना गरिएको ११ ओैँ नगरसभामा नगर प्रमुख दीपक रिसालले आ.व. २०८०–०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेको प्रमुख आतिथ्यमा गरेको थियोे भने अतिथिहरूमा प्रतिनिधि सभा सदस्य शान्ती श्रेष्ठ, वागमति प्रदेश सांसद विमल ठकुरी, छिरिङ दोर्जे लामा, नगर उप–प्रमुख सान्नानी लामा, पुर्व मन्त्री रामेश्वर फुयाल, पुर्व सांसद कृष्ण बहादुर राईको विशेष उपस्थिति रहेको थियो । साथै नगर प्रवक्ता नारायण बहादुर सुवेदी, प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, वडा अध्यक्षहरु द्वारिका श्रेष्ठ, मधु तामाङ, मुरारी प्रसाद कुईकेल, जयराम महत, नवराज लामा, केशव गुरुङ, नन्दलाल श्रेष्ठ, राजिव थापा लगायतको आतिथ्यता रहेको थियो ।











प्रतिकृया दिनुहोस्