- ७ असार २०८०, बिहीबार १७:०७
असार ७, काठमाडौं । काठमाडौं महानगरपालिकाले मेला बन्द गरेको हिसान शैक्षिक मेला असार ८ गतेदेखि पुन: सञ्चालन हुने भाएको छ । उच्च अदालत पाटनले शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिए पछि सञ्चालन हुने भएको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति लिएर सञ्चालन गरिएको शैक्षिक मेला काठमाडौं महानगरका तर्फबाट गैरकानुनी ढंगले अवरोध सिर्जना गरी बाधा पु¥यएकोले कानुनी प्रक्रियामा गई उच्च अदालतबाट मेला सञ्चालन गर्न अन्तरिम आदेश बमोजिम पुन सञ्चालन गर्न लागिएको हिसानले आज आयोजना गरेको पत्रकार भेटघाटमा जानकारी दिएको छ ।
शैक्षिक मेला असार ८,९ र १० गते भृकुटिमण्डप काठमाडौंमा सञ्चालन हुने छ ।
हिसान र कान्तिपुर पब्लिकेसन्सको संयुक्त आयोजनामा आठौं कान्तिपुर हिसान एडुफेयर २०२३ असार ३२ गतेदेखि भृकुटीमण्डप प्रदर्शनी हलमा सुरु भएको थियो । तर काठमाडौं महानगरको नगर प्रहरीले स्वीकृति विपरीत मेला सञ्चालन गरेको भन्दै पहिलो दिन नै बन्द गराएको थियो ।










प्रतिकृया दिनुहोस्