- ५ पुष २०७९, मंगलवार २०:३५
काठमाडौँ — कतारमा सम्पन्न विश्वकप २०२२ जितेर घर फर्किएको अर्जेन्टिनी फुटबल टोलीलाई स्वदेशमा भव्य स्वागत गरिएको छ । राष्ट्रिय टोलीलाई स्वागत गर्न अर्जेन्टिनामा हजारौं प्रशंसकहरू मध्यरातमा लाइनमै उभिएका छन्। मंगलबार कप्तान लियोनल मेस्सीसहित विश्वकप विजेता टोली अर्जेन्टिनाको ब्युनर्स आयर्सस्थित एजेइजा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै प्रशंसकहरूलाई हात हल्लाउँदै अभिभावन गरे ।
आइतबारको रोमाञ्चक फाइनल खेलमा फ्रान्सलाई पेनाल्टीमा हराउँदै विश्वविजेता बनेको अर्जेन्टिनी टोली मंगलबार स्वदेश फर्किएको हो । खेलाडीहरू विमानस्थलमा स्वागत ग्रहण गर्दै विमानस्थल नजिकैको अर्जेन्टिनी फुटबल संघ (एएफए) प्रशिक्षण परिसरमा रात बिताउने छन् । त्यसपछि उनीहरूले ब्युनर्स आयर्स परिक्रमा गर्ने कार्यतालिका छ । सहरमा उनीहरूको स्वागतका लागि दशौं हजार अर्जेन्टिनी नागरिकहरू सडकमा उत्रिने अपेक्षा गरिएको छ । खेलाडीहरू विमानस्थलमा स्वागत ग्रहण गर्दै विमानस्थल नजिकैको अर्जेन्टिनी फुटबल संघ (एएफए) प्रशिक्षण परिसरमा रात बिताउने छन् । त्यसपछि उनीहरूले ब्युनर्स आयर्स परिक्रमा गर्ने कार्यतालिका छ । सहरमा उनीहरूको स्वागतका लागि दशौं हजार अर्जेन्टिनी नागरिकहरू सडकमा उत्रिने अपेक्षा गरिएको छ ।
अर्जेन्टिनी प्रशंसकहरूले कतार विश्वकपमा अनौपचारिक रुपमा राष्ट्रगान जस्तै गरी गाउने गरेको एउटा लोकप्रिय गीत ‘मुचाचोस’ को धुन बजाउँदै टोलीको स्वागत गरिएको थियो । जुन गीत अर्जेन्टिनी एक खेल प्रशंसकले लेखेका थिए । हाल त्यहाँको रक ब्यान्ड ला मोस्काले राष्ट्रिय टोलीको स्वागतका लागि गाएको हो।

अर्जेनटिनाले यसअघि १९८६ मा विश्वकप जितेको थियो । महान फुटबलर डिएगो म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले त्यसबेला विश्वकप जित्दा हालका कप्तान मेस्सी भने जन्मिएका पनि थिएनन् । खेल करिअरको अन्त्यतिर आइपुग्दा ३६ वर्षीय मेस्सीका लागि यसपटकको विश्वकप जित्नैपर्ने दबाब उत्पन्न भएको थियो । कतार विश्वकपमा अर्जेन्टिनालाई जिताएसँगै मेस्सी सर्वाधिक दोस्रो गोलकर्ताको पनि रेकर्ड राखेका छन् ।










प्रतिकृया दिनुहोस्