Tag: विद्या भट्टराई

यस कारण दिइन शिक्षा मन्त्री भट्टराईले राजिनामा

शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। शिक्षक आन्दोलनको बिसौं दिन उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएकी हुन्। शिक्षक आन्दोलनले शैक्षिक क्षेत्र अस्तव्यस्त बन्दै गएका बेला समस्या समाधानका लागि प्रधानमन्त्री र शिक्षकसँग पटकपटक छलफल चलिरहँदा पनि शिक्षक महासंघका प्रतिनिधिले सडकबाटै राजीनामा माग्दा र अर्कातिर सरकारले पनि शिक्षकको माग सम्बोधनमा चासो नदेखाउँदा दबाब थेग्न नसकेर […]

पूरा पढ्नुहोस्

संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबीन समितिले बुझायो प्रतिवेदन

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबीन समिति, २०८१ ले तयार पारेको प्रतिवेदन शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई  बुझाएको छ । आइतबार समितका सदस्यहरूले मन्त्रालयमा मन्त्री भट्टराईलाई भेटगरी उक्त   उक्त प्रतिवेदन बुझाएको हाे । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८१।०३।२० को बैठकको निर्णय अनुसार गठित समितिले नेपाल संस्कृत विश्वविद्यालयको दाङ् जिल्लाका विभिन्न स्थानमा […]

पूरा पढ्नुहोस्

त्रिविको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वयन हुन्छ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिविको जग्गा तथा सम्पती छनविन समितिले दिएको प्रतिवेदन कार्यान्वयन हुने बताएकी छन् । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै दुई पटक समय थप गरेर करिब ५ महिनामा लगाएर बनाइएको प्रतिवेदन समितिले मन्त्रालयमा मंसिर १४ गते बुझाएको बतउँदै र समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने […]

पूरा पढ्नुहोस्

एसईईमा एनजी आएका विद्यार्थीले पनि प्राविधिक तालिम लिन पाउँछन्: मन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एसईईमा एनजी ल्याउने विद्यार्थीहरूलाई प्राविधिक तालिम दिने योजना ल्याउन लागेको बताएकी छिन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै शिक्षामन्त्री भट्टराईले विद्यार्थीहरूलाई रोजगारमूलक दक्षता प्रदान गर्नेगरी यस्तो योजना कार्यान्वयनमा ल्याउन लागेको सुनाइन् । मन्त्री भट्टराईका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद् (सीटीईभीटी)ले एसईईको पूरक परीक्षामा समेत एनजी ल्याउने विद्यार्थीहरूका लागि छोटो […]

पूरा पढ्नुहोस्

शिक्षकहरूलाई दलका झोले नभनौँ, लाञ्छना नलगा‍औँ : शिक्षामन्त्री

पोखरा- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाएर शैक्षिक गुणस्तर बढाउन नसकिने बताएकी छन् । आइतबार कास्कीमा सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा भट्टराईले शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाउने, दलका झोले भन्नेलगायत गतिविधि रोकिनुपर्ने बताएकी छन् । शिक्षकहरुलाई लाञ्छना लगाउनेभन्दा कसरी विद्यालयप्रति समर्पित गराउन सकिन्छ भन्नेतर्फ योजना बनाउनुपर्ने उनको तर्क छ। भट्टराईले शिक्षा ऐन विचाराधीन रहेको बताउँदै […]

पूरा पढ्नुहोस्

विश्वविद्यालयका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयसँग भएका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ भन्ने धारणा राखेकी छन् ।  काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशनद्वारा  आज ललितपुरमा आयोजित वर्तमान शिक्षा नीतिको कार्यान्वयन अवस्था सम्बन्धी छलफलमा उनले  अनुसन्धानकर्तालाई समुदायसँग जोड्दै विद्यार्थीको आँखाबाट फलदायी हुने तालिम, सीप र क्षमता अभिवृद्धिका काम गर्नुपर्छ भनिन् ।  ‘विश्वविद्यालयले अनुसन्धान गरेका विषयवस्तुलाई ग्रहण गर्नेमा अहिलेसम्मका सरकारले ध्यान […]

पूरा पढ्नुहोस्

शिक्षामन्त्रीले गरिन् पदभार ग्रहण, विद्यार्थी खाजालाई स्थानीय उत्पादनसँग जोड्न समिति गठन

काठमाडाैँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदभार ग्रहण गरेकी छन्। विद्यार्थीलाई दिइने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्नका लागि अध्ययन गर्न समिति गठन गरेकी छन्। सोमबार पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले प्रारम्भिक बालविकासदेखि ५ कक्षासम्मका विद्यार्थीहरूलाई दिइने दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्ने प्रारुप तयार गर्न समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेकी हुन्। समितिमा शिक्षा मन्त्रालयका […]

पूरा पढ्नुहोस्