Tag: विद्यालय बन्द

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू निरन्तर आन्दोलनरत छन् । आन्दोलनका कार्यक्रम अन्तर्गतको पहिलो चरण आजबाट सकिएको छ । निजी विद्यालयले क्रमश: […]

पूरा पढ्नुहोस्

अत्यधिक गर्मी बढ्दै गएपछि तराईका धेरै विद्यालयमा बिदा

२७ जेठ ।  अत्यधिक गर्मी बढ्दै गएपछि पठनपाठनमा समस्या आएको जनाउँदै तराईमा विभिन्न पालिकाहरूले विद्यालय बन्द गरिएका छन् । गर्मीका कारण विद्यार्थीहरू कक्षा कोठा मै निदाउने, अर्धचेत हुने समस्या बढे पछि केही दिनका लागि बन्द गरिएको हो । कञ्चनपुरको बेलौरी नगरपालिका, बाराको कलैया उपमहानगरपालिका, कपिलवस्तुका बाणगङ्गा र बुद्धभूमि नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् […]

पूरा पढ्नुहोस्

चिसाेकाे कारण विद्यालय बन्द, हेर्नुस् कहाँ कहाँ भयो बन्द

विगत तीन दिनदेखि एक्कासि जाडो बढेपछि जिल्लाका पाँच  वटा पालिकाले आफ्नो नगरभित्रका विद्यालय बन्द गरेका छन् । सदरमुकाम रहेको जलेश्वर र मनरासिस्वा नगरपालिका तथा पिपरा, सोनमा र एकडारा गाउँपालिकाले जाडोका कारण पठनपाठन सञ्चालन गर्न असहज भएको भन्दै आजदेखि लागू हुनेगरी एक साताका लागि नगरभित्रका विद्यालय बन्द गरेका हुन् । जलेश्वर, मनरासिस्वा, सोनमा र पिपरा गाउँपालिकाले […]

पूरा पढ्नुहोस्

चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित

चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन्। ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न थालेका हुन्। विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको छ। उच्च पहाडी क्षेत्रमा पर्ने ढोरपाटनमा बिहानमा तुसारो पर्ने र दिउँसोमा चिसो सिरेटो चल्दा बालबालिका बिरामी पर्ने गरेको ज्योति विकास माध्यमिक […]

पूरा पढ्नुहोस्

ठेकेदारले बिद्यालय बन्द गर्दा विद्यार्थीकाे पठनपाठन ठप्प

साउन ३१ काठमाडौ । सल्यानको दार्मा गापाउँलिका वडा न.१ मा ठेकेदारले बिद्यालय बन्द गर्दा विद्यार्थीहरुको पठनपाठन ठप्प भएको छ। दर्मा गाउपालिका, १ राष्ट्रिय  माध्यामिक विद्यालय दार्माकोटमा काम गरेका ठेकेदार पक्षले  आफुले विद्यालयमा श्रम गरेको ज्याला नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका हुन् । ठेकेदारको ताला बन्दिको कारण झन्डै ६ सय विद्यार्थीले पढाइ अवरुद्ध भएको छ । […]

पूरा पढ्नुहोस्