- ३१ श्रावण २०७९, मंगलवार ०९:३१
साउन ३१ काठमाडौ । सल्यानको दार्मा गापाउँलिका वडा न.१ मा ठेकेदारले बिद्यालय बन्द गर्दा विद्यार्थीहरुको पठनपाठन ठप्प भएको छ। दर्मा गाउपालिका, १ राष्ट्रिय माध्यामिक विद्यालय दार्माकोटमा काम गरेका ठेकेदार पक्षले आफुले विद्यालयमा श्रम गरेको ज्याला नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका हुन् ।
ठेकेदारको ताला बन्दिको कारण झन्डै ६ सय विद्यार्थीले पढाइ अवरुद्ध भएको छ । विद्यालय बन्द गर्दा पठनपाठनमा समस्या भएको भन्दै अभिभावकले आक्रोश व्यक्त गरेको छ्न् । उनिहरुले विद्यार्थी काे पठनपाठन अवरुद्ध हुँदा विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको कुनै ध्यान नगएको भन्दै अभिभावकहरुले पनि प्रशासनलाई खबरदारी गर्नुपरेकाे बताउँछन्।
अभिभावकहरुले कतै हाम्रो सुन्दर भविष्य देखेका बालबालिकामाथि खेलावाड हुँदै छ कि ? भनेर अभिभावकहरु चिन्तित रहेको बताए । साथै उनलेे विद्यालयमा पढाइ भन्दा राजनीतिक स्वार्थ पुरा गर्ने थलो भएको भन्दै उनिहरुले आक्रोश व्यक्त गरे।
यता ठेकेदारले तालाबन्दी किन भयो ? के कारण भयो भन्ने हाम्रो जिज्ञासामा साेहि विद्यालयमा विद्यालयकाे पर्खाल निर्माणकाे असार मसान्तसम्म भुक्तानी हुनुपर्ने १० लाख रकम नपाएको गुनासो व्यक्त गर्दै, श्रम गरेका मजदुर र आफुहरुले लामो समयसम्म आफुहरुले काम गरेको पैसा नपाएकाेले आन्दोलन गर्नुपरेकाे बताए। उनले थपे ´हामीलाई विद्यालय व्यवस्थापन समितिले ले कोहि कसैले वास्ता गरेनन्, श्रम गरेर आफ्नाे परिवार पाल्ने स्थिति भएपछि दबाबस्वरुप तालाबन्दी गरेको हाैँ ।










प्रतिकृया दिनुहोस्