Tag: रवि लामिछाने

बालेन सरकारमा मन्त्री बन्ने चार जनाको नाम फाइनल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथग्रहण गर्दै छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा मध्याह्न १२:३४ बजे उनले शपथग्रहण गर्नेछन् । बालेनको नेतृत्वमा बन्ने सरकारमा को–को मन्त्री हुँदै छन् ? भन्ने अहिलेसम्म खुलेको छैन । बिहीबारको केन्द्रीय कमिटी बैठकमा सभापति रवि लामिछानेले विज्ञताको आधारमा मन्त्री चयन गर्ने बताएका थिए । […]

पूरा पढ्नुहोस्

पक्राउ परे रास्वपा सभापति रवि लामिछाने

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको हो । पक्राउ पर्नुअघि उनले कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए । जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै […]

पूरा पढ्नुहोस्

नेता कार्यकर्तालाई रास्वपाको म्यासेज– ‘सम्भव हुनेजति पार्टी कार्यालयमा हाजिर हुनु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेता कार्यकर्ताहरुलाई पार्टी कार्यालय बनस्थलीमा भेला हुन आग्रह गरेको छ । गोरखा मिडिया नेटवर्कका सञ्चालक समेत रहेका पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेपछि रास्वपा सतर्क भएको हो । गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका सभापति रवि लामिछानेलाई प्रहरीले पक्रन सक्ने सम्भवनापछि अहिले पार्टी कार्यालयमा रास्वपा समर्थकको ठुलो उपस्थिती […]

पूरा पढ्नुहोस्

सत्ता समीकरण फेरिने हल्ला मात्र हो : गृहमन्त्री लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण बदलिने हल्ला मात्र भएको बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन बाहिर प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेको आफूलाई कुनै जानकारी नभएको बताएका हुन् । उनले भने, ‘हल्ला मात्रै हो । त्यस्तो थाहा छैन । म पनि सरकारमै छु । गठबन्धनको […]

पूरा पढ्नुहोस्

रास्वपाले हरेक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा गएका मन्त्रीसँग प्रत्येक आइतबार छलफल गर्ने भएको छ । पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको कार्य प्रभावकारी बनाउनका लागि मन्त्रीसँग सातामा एकपटक छलफल राखिएको रास्वपाले जनाएको छ । ‘पार्टीको एउटा फोर्स मन्त्रालयमा केन्द्रित हुने, एउटा फोर्स संसदमा केन्द्रीत गर्न लागेको र अर्को फोर्स पार्टीका अन्य काममा लगाउँदै छौं,’ महामन्त्री एवं पार्टी प्रवक्ता मुकुल […]

पूरा पढ्नुहोस्

सुदन किराँती तत्काल राजिनामा देउ : रवि लामिछाने

काठमाडौं : संस्कृति तथा पर्यटन मन्त्री सुदन किरातीको अभिव्यक्ति अहिले चौतर्फी विरोध भइरहेको छ। ‘कृष्चियन नमान्ने संविधान विरोधी हुन्, उनीहरूलाई जेल हाल्नुपर्छ’ भन्ने मन्त्री किरातीको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको हो। यसैबीचमा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पनि मन्त्री किराँतीले त्यो अभिव्यक्ति फिर्ता लिन र तत्काल पदबाट राजीनामा दिन माग गरेका छन्। ‘संस्कृति […]

पूरा पढ्नुहोस्

फराकिलो मतान्तर र सर्वाधिक मतसहित रवि लामिछाने निर्वाचित

चितवन । चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित निर्वाचित भएका छन् । केहीबेरअघि आएको अन्तिम परिणाम अनुसार लामिछानेले ५४ हजार १ सय ७६ मत प्राप्त गरेका छन् । भने नेपाली कांग्रेसको जीतनारायण श्रेष्ठले ११ हजार २ सय १४ मत प्राप्त गरेका छन् । यता नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले […]

पूरा पढ्नुहोस्

अघिल्लो पटकको भन्दा राम्रो नतिजा आउनेमा आशावादी छु : रवि लामिछाने

वैशाख १०, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेले अघिल्लो पटकको भन्दा राम्रो नतिजा आउनेमा आशावादी रहेको बताएका छन् । चितवनका पत्रकारहरुसँग कुरा गर्दै उनले सकारात्मक प्रतिक्रिया पाइरहेकाले आफू आशावादी रहेको बताए । उनले भने, ‘मेरो हृदयले शुभदिन भन्छ । बिहानैदेखि उत्साह देखिएको छ । जुन […]

पूरा पढ्नुहोस्

सरकारबाट बाहिरिने रास्वपाको निर्णय

माघ २२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टि सरकारबाट बाहिरिने निर्णय गरेकाे छ । आइतबार पार्टि कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रचण्ड नेतृत्वमा रहेकाे संयुक्त गठनबन्धनकाे  सरकारबाट बाहिरिने निर्णय गरेकाे हाे ।  

पूरा पढ्नुहोस्

रवि लामिछानेको मुद्दामा सर्वोच्चको संक्षिप्त फैसलाको पूर्णपाठ

सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद बदर गरिदिएको छ। गत मंसिरको चुनावमा लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। उनको नागरिकता र राहदानी विवादित थियो। आज फैसला गर्दै सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएको हो। ‘रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत रूपमा नेपाली नागरिकता पुन: कायम […]

पूरा पढ्नुहोस्