Tag: बडा दशैं
नवरात्रको सातौँ दिनः आज घरघरमा फूलपाती भित्र्याइँदै
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व बिहीबार घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने […]
पूरा पढ्नुहोस्
बडा दशैं सुरु ,आज पहिलो दिन घटस्थापना
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । […]
पूरा पढ्नुहोस्
राष्ट्रपति पौडेलद्वारा पलान्चोक भगवतीको दर्शन तथा पूजाअर्चना
काभ्रे – राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीको शुभअवसरमा पलान्चोक भगवतीको दर्शन तथा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलसँग प्रथम महिला सविता पौडेल पनि पूजाअर्चनामा सहभागी थिइन् । राष्ट्रपति पौडेल पलान्चोक भगवती मन्दिरमा दर्शन गर्न आइतबार बिहान पाँचखाल पुगेका हुन् । बड़ादशैंका अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलान्चोकसहित नव दुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा रहिआएको […]
पूरा पढ्नुहोस्
आज बडा दसैंको सप्तमी घरघरमा भित्र्याइँदै छ फूलपाती
बडा दसैंको सातौं दिन आज फूलपाती भित्र्याइँदै छ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा जमरा राखिएको ठाउँमा साँझपख देवीको आराधनासहित फूलपाती भित्र्याउने चलन छ। फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष आदि पर्छ। यसलाई नवपत्रिका पनि भनिन्छ। फूलपातीलाई नौवटी देवीको प्रतीकका रूपमा भित्र्याउने […]
पूरा पढ्नुहोस्
दुर्गाको पाँचाैं रूप : स्कन्दमाता
दुर्गाको पाँचाैं रूप हो स्कन्दमाता । स्कन्दकुमार कार्तिकेयकी माता भएकी कारण यिनलाई स्कन्दमाता भनिएको हो । यिनको कृपाले मूढ व्यक्ति पनि ज्ञानी बन्छ । यिनका चार भुजा छन् । दायाँतर्फको माथिल्लो भुजामा स्कन्दलाई काखमा समातेकी छिन् । तल्लो भुजामा कमलको फूल छ। बायाँतर्फको माथिल्लो भुजा वरदमुद्रामा छ र तल्लो भुजामा कमलपुष्प छ । यिनी कमलको […]
पूरा पढ्नुहोस्







