Tag: आगाे लागि

सतुंगलको व्यवसायिक कम्प्लेक्समा आगलागी, ६ दमकल र ७० सुरक्षाकर्मी परिचालन

काठमाडौंको चन्द्रागिरि नगरपालिका–११, सतुंगल चोकस्थित एक व्यवसायिक कम्प्लेक्समा बिहीबार बिहान भीषण आगलागी भएको छ। प्रहरीका अनुसार बिहान ५:२५ बजे कपडा पसल रहेको कम्प्लेक्समा विद्युत सर्ट भएर आगलागी भएको हो । आगो नियन्त्रणका लागि नेपाल प्रहरीका ३० जना र सशस्त्र प्रहरीका ४० जना गरी ७० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । यसका साथै, चन्द्रागिरी नगरपालिकाको दमकल, […]

पूरा पढ्नुहोस्

भोजपुरमा आगलागीमा परेर तीन बालबालिकाको मृत्यु

भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जानकारी दिनुभयो। इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ। घटनाको थप विवरण आइसकेको छैन।

पूरा पढ्नुहोस्

धनगढीमा भीषण आगलागी, १८ करोडको क्षति

कैलालीको धनगढी बजारमा गए राति भीषण आगलागी भएको छ। धनगढी उपमहानगरपालिका– १ एनएन चोकस्थित भण्डारी सुज सेन्टरबाट सुरु भएको आगलागीबाट अस्पतालसहित अन्य पसलहरूमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दका अनुसार दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोर एन्ड सू सेन्टरमा विद्युत् सर्ट भई आगो लाग्दा सँगै रहेका सारथि […]

पूरा पढ्नुहोस्

कपनमा सिलिन्डर पड्केर आगाेलागि, निभाउने कार्य जारी

असाेज ५, काठमाडाैँ । बुढानिलकण्ठ ११ कपन लसुनटारमा भीषण आगलागी भएकाे छ । ट्रेकिङ एक्सिपिडिसन जाने समानहरूकाे कार्यालयमा रहेका अक्सिजन सिलिन्डर पड्किएर आगलागी भएकाे स्थानीयवासीले जनाएका छन् ।                                                        […]

पूरा पढ्नुहोस्