Tag: अनेरास्ववियु

अनेरास्ववियुद्वारा महाराजगञ्ज नर्सिङ क्याम्पसका सहप्राध्यापकमाथि हातपात

फागुन १९,  काठमाडौं । महाराजगञ्जस्थित नर्सिङ क्याम्पसका प्राध्यापकमाथि एमाले निकट अनेरास्ववियुका विद्यार्थीले हातपात गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको सन्दर्भमा नर्सिङ क्याम्पसमा नर्सिङ क्याम्पस र बाहिरबाट आएका अनेरास्ववियुका नेताहरू हातपात गरेका हुन् । स्ववियु निर्वाचन नजिकिँदै गर्दा यसअघि पनि अनेरास्ववियुका निकट विद्यार्थीहरुले क्याम्पस प्रमुख र प्राध्यापकहरुमाथि विभिन्न किसिमका धम्की दिँदै आइरहेको नेविसंघ […]

पूरा पढ्नुहोस्

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी

फागुन ५, काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् । उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् ।

पूरा पढ्नुहोस्

अनेरास्ववियुको २३ ओैँ महाधिवेशन शुरु

काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको २३औँ महाधिवेशन शुरु भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा महाधिवेशन शुरु भएको छ । हरेक ३ वर्षमा हुनुपर्ने महाधिवेशन पार्टी एकता र विभाजनको कारण ७ वर्षपछि हुन लागेको हो । दुई दिनसम्म चल्ने महाधिवेशन आज एमाले अध्यक्ष केपी शर्मा ओलीले १२ बजे उद्घाटन गर्ने कार्यतालिका रहेको छ । […]

पूरा पढ्नुहोस्