उपत्यका
वार्ताका लागि सेनाले सहजीकरण गर्ने
काठमाडौं । मंगलबार देशभर उत्पन्न तनावपूर्ण परिस्थितिलाई हल गर्न नेपाली सेनाले जोड दिएको छ । समस्या समाधानका लागि सबै सुरक्षा संयन्त्रका प्रमुखसहित भएको छलफलबाट संवादको माध्यमबाटै समाधान निकाल्नुपर्नेगरी सुझाव राष्ट्रपति रामचन्द्र पौडेललाई दिइएको छ । संवादको लागि राष्ट्रपति कार्यालयले आह्वान गरिसकेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रदर्शनकारीलाई वार्ताका लागि आह्वान गरिसकेका छन् भने नेपाली […]
पूरा पढ्नुहोस्
संवादमार्फत शान्तिपूर्ण समाधान निकाल्न सेनासहित सुरक्षा निकायको अपिल
नेपाली सेनासहित सुरक्षा निकायहरू र मुख्य सचिव तथा गृहसचिवले राजनीतिक संवादबाट अहिलेको परिस्थितिको शान्तिपूर्ण समाधान खोज्न अपिल गरेका छन् । अहिले तीनवटै निकाय जेन–जीले कब्जामा लिएका छन् । उनीहरूले संघीय संसद भवन र सिंहदरबार, पार्टी कार्यालयहरू र नेताका घरमा आगजनी समेत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर राष्ट्रपतिले स्वीकृतसमेत गरिसकेका छन् […]
पूरा पढ्नुहोस्
आन्दोलनकारीले राष्ट्रपति भवनमा लगाए आगो
काठमाडौँ । जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् । सुरक्षा स्रोतले केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दियो। यसबारे थप विवरण आउन बाँकी छ।
पूरा पढ्नुहोस्
प्रदर्शनकारीले गरे पुरातत्व विभागको संरक्षण, भने- यो हाम्रो इतिहास हो
काठमाडौं । प्रदर्शनकारीहरूले रामशाह पथमा रहेको पुरातत्व विभागको संरक्षण गरेका छन् । आक्रोशित प्रदर्शनकारीहरूले संसद् भवन, सिंहदरबार, सर्वोच्च लगायतका राज्यका उच्च निकायमा आगजनी गरे पनि पुरातत्व विभागको भने संरक्षण गरेका छन् । ‘यो हाम्रो इतिहास हो, इतिहासको संरक्षण गरौं’ भन्ने प्लेकार्ड बोकेर पुरातत्व विभाग परिसरमा उभिएर उनीहरूले संरक्षणका लागि आह्वान गरेका छन् ।
पूरा पढ्नुहोस्
जेनजीबाट घरमै कुटिए देउवा दम्पती
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् । उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए । साथै पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड र […]
पूरा पढ्नुहोस्
वालेन शाहाको स्टाट्स हेर्नुहोस के भने
काठमाडौँ । काठमाडौँ महानगर पालिका मेयर वालेन शाहले नया स्टाट्स सार्वजनिक गर्दै संसद विघटन र नयाँ जेन जी पुस्ताबाट नेतृत्व लिनका लागि तयार हुन आवहान गरेका छन् ।
पूरा पढ्नुहोस्
जेनजी नेतृत्वको आदेश-सार्वजनिक सम्पती नहान
जेनजी नेतृत्वले आन्दोलनरत युवाहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेकाले सार्वजनिक सम्पति तोडफोड नगर्न आग्रह गरेको छ । सार्वजनिक सम्पति ताेडफाेड नगर्न र नेतालाई नछोड्न उनीहरुले माइकिङ गर्दै आग्रह गरेका हुन् । तर पनि प्रदर्शनकारीले तोडफोड गर्न छोडेका छैनन् ।
पूरा पढ्नुहोस्
प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो
काठमाडौं । प्रदर्शनकारीहरूले आज (मंगलबार) बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । आक्रोशित भीडले संसद् भवनमा प्रवेश गरी आगो लगाएको हो । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाएका थिए । लगातार भइरहेका आन्दोलन र आक्रोशका कारण राजधानीमा तनावपूर्ण स्थिति सिर्जना भएको छ । प्रदर्शनकारीहरूले विभिन्न सरकारी निर्णय र नेताहरूको गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै राजधानीका […]
पूरा पढ्नुहोस्
संसद भवनभित्र छिरे प्रदर्शनकारी
काठमाडौं । प्रदर्शनकारीले नयाँ बानेश्वरस्थित संघीय संसद भवन प्रवेश गरेका छन् । बिहानैदेखि सो क्षेत्रमा प्रदर्शन गरिरहेका प्रदर्शनकारी संसद भवन प्रवेश गरेका हुन् । साथै उनीहरुले त्यहाँ तोडफोड समेत गरेका छन् ।
पूरा पढ्नुहोस्
सरकारले प्रदर्शनकारीको हत्या गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले गर्यो निन्दा
काठमाडौं । नेपालमा सरकारले युवाप्रदर्शनकारीको हत्या गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले तीव्र निन्दा गरेको छ। संयुक्त राष्ट्रसंघीय मानव अधिकारी उच्च आयुक्तको कार्यालय, युनिसेफ, एमनेस्टीइन्टरनेसनल, संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयलगायतले वक्तव्य जारी गर्दैसुरक्षाफौजले गैरकानूनी रुपमा बल प्रयोग गरी शान्तिपूर्ण आन्दोलनगरिहेका युवा र बालबालिकाको हत्या गरेको उल्लेख गरेका छन्। जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चआयुक्तको कार्यालयले शान्तिपूर्ण प्रदर्शन गरिरहेका […]
पूरा पढ्नुहोस्







