समाज

राष्‍ट्रपतिले जारी गरे मतदाता नामावलीसम्बन्धी अध्यादेश

काठमाडौं :  राष्‍ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भए लगत्तै मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले राष्‍ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, […]

पूरा पढ्नुहोस्

शिक्षामन्त्री पुनलाई मन्त्रालयमै खानेबस्ने व्यवस्था

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई मंगलबारदेखि मन्त्रालयमै खाने, बस्ने व्यवस्था गरिएको छ । प्रवक्ता शिवकुमार सापकोटाले मन्त्रीको कार्यकक्षसँगैको कोठामा खाने, बस्ने प्रबन्ध गरिएको बताए । ‘आजदेखि यहीं बस्ने कुराकानी भएको छ । कार्यकक्ष सँगैका कोठा खाली गरेर सुत्ने, बस्ने र भान्सा बनाइएको छ,’ उनले भने । भाद्र २४ गतेको प्रदर्शनमा सिंहदरबारभित्रको शिक्षा मन्त्रालयमा […]

पूरा पढ्नुहोस्

यो वर्ष काठमाडाैँ महानगरका संस्थागत विद्यालयमा अध्ययनरत २० हजार बढी विद्यार्थीले पाए छात्रवृत्ति

काठमाडाैँ –  काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले यो वर्ष संस्थागत विद्यालयका २० हजारभन्दा धेरै विद्यार्थीलाई छात्रवृत्ति पाएको बताएका छन्।सोमबार मेयर बालेनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एउटा कानुन कार्यान्वयनले यो वर्ष २० हजारभन्दा धेरै विद्यार्थीले स्कुलरसिप पाएका छन।’कार्यान्वयनको पहिलो वर्ष १३ हजार र दोस्रो वर्ष १९ हजार विद्यार्थीले छात्रवृत्ति पाएको […]

पूरा पढ्नुहोस्

३ सचिवको सरुवा, गृह सचिवको जिम्मेवारी दंगाललाई

काठमाडौं । सरकारले ३ जना सचिवको सरुवा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत ३ सचिवको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह सचिवको जिम्मेवारी दिइएको छ भने त्यहाँ कार्यरत सचिव गोकर्णमणी दुवाडीलाई राष्ट्रिय योजना आयोगको सचिवको जिम्मेवारीमा सरुवा गरेको […]

पूरा पढ्नुहोस्

पशुपतिमा नवरात्री महोत्सव

काठमाडौँ- बडादसैँका अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा सोमबारदेखि ‘अठारौँ नवरात्री महामहोत्सव’सुरु भएको छ । श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही असोज १६ सम्म सञ्चालन हुनेछ । महोत्सवमा देवी भागवत प्रवचन गरिनेछ । उक्त महोत्सवको उद्घाटन गर्दै परिषद्का अध्यक्ष रामशोभित नायकले पशुपति क्षेत्रलाई धार्मिक तीर्थाटानका माध्यमबाट धार्मिक पर्यटन प्रवर्द्धन गर्ने […]

पूरा पढ्नुहोस्

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ, असोज ७ गते । आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन मङ्गलबार दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो […]

पूरा पढ्नुहोस्

सञ्‍चारमन्त्रीमा पत्रकार जगदीश खरेल नियुक्त

काठमाडौं – पत्रकार जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ उनलाई मन्त्रीमा नियुक्त गरेकी हुन् । खरेलसँग सञ्चार माध्यम क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव रहेको छ । लामो पत्रकारिता अनुभवका कारण उनलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको बताइएको छ । खरेलले सोमबार राष्ट्रपति कार्यालय शीततल निवासमा एक समारोहकाबीच […]

पूरा पढ्नुहोस्

यात्रुबाहक सवारीलाई नागढुंगा सुरुङमार्ग प्रयोग गर्न दिइने, यस्ता छन् अन्य निर्णय

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । शनिबार दिउँसो मन्त्रालयमा सम्बन्धित सरोकारवालासँगको छलफलपछि मन्त्री घिसिङले यस्तो निर्णय गरेका हुन् । काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारी साधनहरूमध्ये यात्रुवाहक सार्वजनिक सवारी साधनहरू सो सुरुङमार्ग ( नागढुंगा–सिस्नेरी) बाट बाहिर जाने,’ मन्त्रालयको निर्णयमा भनिएको […]

पूरा पढ्नुहोस्

यातायात व्यवस्था कार्यालयको सेवा सुचारु

युवा पुस्ता (जेनजी) आन्दोलनको क्रममा आगजनीबाट क्षति भएको कैलालीको यातायात व्यवस्था कार्यालयले आजबाट केही सेवा सुचारु गरेको छ । आगजनीपछि हप्ता दिनसम्म सेवा दिन नसकेको सो कार्यालयले सरसफाइ र मर्मतपछि केही सेवा पुनः सुरु गरेको हो । सवारीसाधन नवीकरण, दर्ता, कर सङ्कलन तथा रुट परमिट, जाँचपासको काम सुरु भएको अधिकृत श्याम जोशीले जानकारी दिनुभयो । […]

पूरा पढ्नुहोस्

भौतिक पूर्वाधार र शहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने

काठमाडौँ, भदौ ३ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई जीर्ण आयोजनाहरुको सूची तत्काल तयार गरी पेश […]

पूरा पढ्नुहोस्