प्रमुख समाचार

शिक्षा विधेयकका लागि शिक्षामन्त्रीले मागे थप समय

काठमाडौँ । विद्यालय शिक्षा विधेयकका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले थप समय माग गरेका छन्। विद्यालय शिक्षा विधेयक पारित गर्ने विषयमा मन्त्री पन्तले आज नै गर्न नहुने बताउँदै थप समय माग गरेका हुन्। ‘महासङ्घसँग छलफल भएको थियो। छलफलका क्रममा  समितिमा भएको सहमतिको विषय जानकारी गरायौ। उहाँहरू सहमत हुनुभएन त्यसैले आजको बैठक स्थगित […]

पूरा पढ्नुहोस्

थाइल्याण्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

थाईल्यान्डकी प्रधानमन्त्री पेटोंगटन सिनावात्रालाई एक विवादास्पद फोनकलपछि मंगलबार पदबाट निलम्बन गरिएको छ। उनीमाथि आचारसंहिता उल्लंघन गरेको आरोपमा संवैधानिक अदालतले छानबिन सुरु गरेको छ। ३८ वर्षीया सिनावात्राले १० महिनाअघि मात्र प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। तर कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनसँगको गोप्य फोन वार्ताले उनको पद नै संकटमा पारेको छ। ३६ जना सांसदहरूले दिएको निवेदनपछि संवैधानिक अदालतले […]

पूरा पढ्नुहोस्

उत्पादन वृद्धि गर्न वैज्ञानिक विधिको प्रयोग गर्नुपर्छ : मन्त्री अधिकारी

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धान उत्पादन वृद्धि गर्न वैज्ञानिक विधिको प्रयोग गर्नुपर्ने बताएका छन् । कृषि विभागले आज आयोजना गरेको २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा मन्त्री अधिकारीले मुलुकमा दिगो र समृद्ध अर्थतन्त्र निर्माण गर्न कृषि उत्पादन वृद्धि गर्नुपर्ने बताए । कृषिमा आधुनिकीकरण आवश्यक रहेको उल्लेख गर्दै उहाँले कृषि पेसालाई […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको छ। स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र महासचिव गुटेरसबीच सेभियामा भेटवार्ता भएको हो। प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा रहेका छन्।  त्यस्तै प्रधानमन्त्री ओलीले आजै विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधनसमेत गरेका […]

पूरा पढ्नुहोस्

असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने दिन

काठमाडौं, असार १५ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका […]

पूरा पढ्नुहोस्

हिम स्टार ऊर्जा कम्पनीको आईपीओ असार २४ देखि खुल्ने

हिम स्टार ऊर्जा कम्पनीले सर्वसाधारणका लागि असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि सेयर बाँडफाँट भइसकेपछि सर्वसाधारणका लागि खुल्न लागेको हो । कम्पनीको आईपीओमा असार २७ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ । कम्पनीले अ‌ंकित मूल्य […]

पूरा पढ्नुहोस्

एसईई नतिजामा गणितमा सबैभन्दा बढी विद्यार्थी ननग्रेडेड

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजाअनुसार सबैभन्दा बढी विद्यार्थी गणितमा अनुत्तीर्ण भएका छन्। बोर्डद्वारा प्रकाशित नतिजाअनुसार गणित विषयमा १ लाख २८ हजार २१५ विद्यार्थी ननग्रेडेड भएका छन्। यो कुल परीक्षार्थीमध्ये सबैभन्दा ठूलो अनुपात हो। त्यस्तै, अंग्रेजीमा ८० हजार ६७२, विज्ञान प्रविधिमा ७९ हजार २७१, नेपाली थ्योरीमा ५४ हजार […]

पूरा पढ्नुहोस्

विद्यालय शिक्षा विधेयकमा एसईई राख्ने सहमति, प्रदेशबाटै हुने

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) राख्ने सहमति भएको छ । शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा यसबारे सहमति जुटेको हो । सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले एसईई प्रदेशबाटै गर्नेगरी प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव अनुसार एसई प्रदेशबाटै सञ्चालन हुनेगरी सहमति जुटेको हो ।

पूरा पढ्नुहोस्

विद्यार्थी संघको अध्यक्ष बनाउने भन्दै कलेजमा बोलाएर बलात्कार, ३ जना पक्राउ

कोलकाता । पश्चिम बंगालको राजधानी कोलकाताको एक ल कलेजमा एक छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जसमा कलेजका एक पूर्व विद्यार्थी पनि छन्। यसैबिच, अभियुक्तहरू तृणमूल कांग्रेस छात्र परिषद् (टीएमसीपी) सँग सम्बन्धित रहेको दाबीले यो मुद्दालाई राजनीतिक रङ दिएको छ। विपक्षी दलहरूले तृणमूल कांग्रेस र यसको नेतृत्वमा रहेको सरकारको विरोध गर्दै […]

पूरा पढ्नुहोस्

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ […]

पूरा पढ्नुहोस्