प्रमुख समाचार

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन फोटोग्राफी प्रतियोगिता ‘फोटोनेपाल’ को मे–जुन संस्करणका विजेताहरू घोषणा गरिएको छ। प्रतियोगितामा २४१ वटा तस्बिर प्राप्त भएका थिए, जसमा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र जनजीवनको कलात्मक चित्रण गरिएको थियो। उत्कृष्ट ठहरिएका तीन तस्बिरमध्ये राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) का केन्द्रीय सदस्य तथा फोटो पत्रकार सुशील […]

पूरा पढ्नुहोस्

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७,२२९ आवेदन प्राप्त, साउन १ गते देखि प्रवेश पत्र डाउनलोड गर्न सकिने

काठमाडौं– काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन आह्वान गरेको थियो । उक्त आवेदन प्रक्रियामा देशभरका ७७ वटै जिल्लाबाट कुल १७ हजार २२९ विद्यार्थीले आवेदन दिनु भएको छ । शिक्षा विभागका शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार आवेदन दिने विद्यार्थीहरूमा विज्ञान […]

पूरा पढ्नुहोस्

ओपन एआईले ल्याउँदैछ आफ्नै एआई ब्राउजर

च्याट जिपिटी निर्माता कम्पनी ओपन एआई एउटा भव्य तयारीमा लागिरहेको छ । समाचार अनुसार ओपन एआईले आगामी केही हप्ता भित्रैमा एआई ब्राउजर लञ्च गर्ने योजना बनाएको छ । उक्त एआई वेब ब्राउजरको उद्देश्य प्रयोगकर्तालाई ब्राउजरभित्रै सबै जानकारी उपलबध गराउनु हो । ओपन एआईको उक्त ब्राउजर गुगल क्रोमका लागि ठूलो चुनौती बन्न सक्ने आँकलन गरिएको छ […]

पूरा पढ्नुहोस्

पूर्वाञ्चल विश्वविद्यालयको सभा : एक अर्ब ७० करोड बजेट स्वीकृत

काठमाडौँ ।  पूर्वाञ्चल विश्वविद्यालयको मंगलबार सम्पन्न ४१ औ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ७० करोड १४ लाख ३० हजारको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्राडा कल्याणी मिश्र त्रिपाठीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ का प्रस्तावित आय–व्यय विवरण स्वीकृत भएको […]

पूरा पढ्नुहोस्

शिक्षा क्षेत्रमा सहकार्य गर्न भारतका दुई विश्वविद्यालयसँग सम्झौता

काठमाण्डौँ । शिक्षा क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले सुनसरीको एक र भारतका दुई विश्वविद्यालयबीच पाँचवर्षे शैक्षिक सम्झौता भएको छ । इटहरीमा जनता बहुमुखी क्याम्पसले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै असार २४ र २५ गते भारत हरियाणास्थित बाबा मस्तनाथ विश्वविद्यालय र राजस्थानस्थित श्री जेजेटी विश्वविद्यालयसँग औपचारिक शैक्षिक सम्झौता भएको जनता बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले […]

पूरा पढ्नुहोस्

बाल विकास, करार शिक्षक र कर्मचारीको म्याद थप्न निर्देशन

उत्तरगया गाउँपालिकाले गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत करार शिक्षक, विद्यालय कर्मचारी र बाल विकास सहजकर्ताको करार म्याद आगामी साउन १ गतेदेखि पुस मसान्तसम्म थप गर्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शासकीय सुधार शाखा, सानोठिमी, भक्तपुरको चलानी नम्बर २११, २०८२ असार १३ को पत्रका आधारमा यो निर्णय गरिएको हो। उक्त पत्रअनुसार दरबन्दी तथा […]

पूरा पढ्नुहोस्

मध्यपश्चिम विश्वविद्यालयको सिटेन : रु एब अर्ब ३६ करोड बजेट स्वीकृत

काठमाडौं, ३० असार । मध्यपश्चिम विश्वविद्यालयको आज सम्पन्न १७ औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३६ करोड ७७ लाख २१ हजार बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शोभाकर कँडेलद्वारा प्रस्तुत पुँजीगततर्फ रु ४६ करोड २५ लाख […]

पूरा पढ्नुहोस्

२१२औँ भानुजयन्ती आज मनाइँदै

काठमाडौं ।  आज राष्ट्रिय विभूति नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती । यस अवसरमा देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी भानुजयन्ती मनाइँदै छ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा भानुभक्तको जन्म भएको थियो । आचार्यले एक घाँसीले दिएको अर्ति-उपदेश ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ को प्रेरणास्वरूप साहित्य सिर्जना […]

पूरा पढ्नुहोस्

भुवनेश्वरी माविमा १२७ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सल्यान, असार २७। सेवा र विकासका लागि युवा र प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको संयुक्त समन्वयमा सल्यान जिल्लाको शारदा नगरपालिका–९ स्थित श्री भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी शैक्षिक सामग्री वितरण गरिएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी रहनु भएको थियो। साथै, प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल लुम्बिनी प्रदेशका संगठन […]

पूरा पढ्नुहोस्

कञ्चनपुर र सप्तरीका विद्यालयमा शैक्षिक सामग्री वितरण

सप्तरी, असार २७, २०८२। सेवा र विकासका लागि युवा तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको संयुक्त समन्वयमा सप्तरी जिल्लास्थित श्री सर्वोदय मावि र श्री जनता मावि, कल्याणपुर जमुवामा शैक्षिक सामग्री वितरण  गरिएको छ। विद्यार्थी परिषद्को समन्वयमा भारत सरकारको सहयोगमा सञ्चालन गरिएको यस कार्यक्रममार्फत आवश्यक शैक्षिक सामग्रीहरू विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय […]

पूरा पढ्नुहोस्