- २७ असार २०८२, शुक्रबार २०:११
सप्तरी, असार २७, २०८२। सेवा र विकासका लागि युवा तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको संयुक्त समन्वयमा सप्तरी जिल्लास्थित श्री सर्वोदय मावि र श्री जनता मावि, कल्याणपुर जमुवामा शैक्षिक सामग्री वितरण गरिएको छ।

विद्यार्थी परिषद्को समन्वयमा भारत सरकारको सहयोगमा सञ्चालन गरिएको यस कार्यक्रममार्फत आवश्यक शैक्षिक सामग्रीहरू विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव रमेश कण्डेल, विद्यालयका प्रधानाध्यापक तारा नन्द मल्लिक, वडा अध्यक्ष कृष्णा शाह, परिषद्कै जानकी प्रदेश सह-संगठन सचिव कविराज न्यौपाने, केन्द्रीय सदस्य डिम्पल वर्मा, विद्यालयका शिक्षक-शिक्षिका तथा स्थानीय सामाजिक व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमले ग्रामीण तथा टाढाका क्षेत्रका विद्यार्थीहरूलाई शिक्षामा सहजता ल्याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।










प्रतिकृया दिनुहोस्