शिक्षक

सातबुँदे सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर नगरी बाहिरिए

असोज ५, काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् । राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर आफूहरुको सहमति नरहेको बताए । ‘केही महासंघका प्रतिनिधि र सरकारबीच सहमति भयो । हाम्रो सहमति छैन, राहत शिक्षकको विषय सम्बोधन नभएपछि बाहिरिएका हौं […]

पूरा पढ्नुहोस्

शिक्षा विधेयक अदूरदर्शी भन्दै प्राज्ञिकले गर्यो संशोधनको माग

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शिक्षा विधेयकलाई अदूरदर्शी र विना तयारीका साथ ल्याइएकोले पुनः संशोधनको माग गरेको छ । शुक्रवार विज्ञप्तिमार्फत् प्राज्ञिकले विधेयकलाई अव्यावहारिक र पक्षपातपूर्ण भनेको छ । प्राज्ञिकका राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा निश्चित विचारबाट प्रेरित समूहको चिन्तनका आधारमा विधेयक आएको निष्कर्ष समेत निकालेको छ । प्राज्ञिकले सरोकारवालाहरुसँग पर्याप्त छलफल र सुझाव […]

पूरा पढ्नुहोस्

शिक्षक आन्दोलनबारे रक्षामन्त्रीले भने : संविधानअनुसारका सबै माग पूरा हुन्छन्

उपप्रधान तथा कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरूले उठाएका मागमध्ये अर्थतन्त्रले धान्न नसक्ने र संविधान विपरीतका मागबाहेक सबै पूरा हुने आश्वासन दिएका छन्। साथै, कार्यबाहक प्रधानमन्त्री खड्काले सरकारले शिक्षकसँग यसअघि गरेका सम्झौताबाट पछि नहट्ने पनि स्पष्ट पारेका छन्। नेपाल शिक्षक संघले आफू र सरकार बीच २०७५ र २०७८ को फागुनमा भएको सम्भौता विपरीतका प्रावधान राखेर सरकारले […]

पूरा पढ्नुहोस्

बालेनले कति शिक्षकलाई निकाल्दो रहेछ, हेरौं न : शिक्षक महासंघ अध्यक्ष

काठमाडौं, ४ असोज । नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले शिक्षकहरुलाई सरकारले धेरै पटक धोका दिएकाले विद्यालय छाडेर सडकमै बस्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताएकी छन् । ‘वार्ता नगर्ने कसले भनेको छ र ? वार्ताको नाममा वार्ता, सहमतिको नाममा सहमति गर्ने अनि रद्दीको टोकरीमा फ्याल्ने क्रम धेरै पटक दोहोरियो । धेरै पटक धोका भयो । […]

पूरा पढ्नुहोस्

शिक्षकको आन्दोलनले आजकाे संसदीय समितिको बैठक स्थगित

प्रतिनिधिसभाअन्तर्गतका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका आजका लागि निर्धारित बैठक स्थगित भएका छन्। नेपाल शिक्षक महासंघको आन्दोलनका कारण सवारी आवागमन प्रभावित भएपछि सांसदहरू समयमै सिंहदरबार पुग्न नसक्दा दुईवटै समितिको बैठक प्रभावित भएका हुन्। बिहान ११ बजे बोलाइएका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक गणपूरक संख्या नपुग्दा स्थगित भएका हुन्। अर्थ समितिका सभापति सन्तोष चालिसेले […]

पूरा पढ्नुहोस्

विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नगर्न शिक्षकलाई रास्वपाको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिक्षकहरूलाई आन्दोलन नगर्न आग्रह गरेको छ। बिहीबार विज्ञप्ति जारी गर्दै रास्वपाले आफ्नो मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदाहुँदै विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गरी शिक्षकलाई आन्दोलन नगर्न आग्रह गरेको हो। महामन्त्री मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शिक्षकहरूले आफ्ना मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदाहुँदै विद्यार्थीको पढ्न पाउने अधिकारलाई […]

पूरा पढ्नुहोस्

कार्यालय समय भित्र शिक्षक राजनीतिक गतिविधिमा संलग्न भए कारबाही हुने

स्याङ्जा १ असोज । कार्यलय समय भित्र शिक्षक कर्मचारी राजनीतिक गतिविधिमा संलग्न भए कारबाही हुने भएको छ । स्याङ्जाको वालिङ नगरपालिकाले कार्यालय समयमा शिक्षक कर्मचारीहरु एवं निजामती कर्मचारीहरु राजनीतिक गतिविधिमा सामेल भए कारबाही गर्ने भएको हो । नगरकार्यपालिकाको भदौं २६ गतेको कार्यपालिकाको निर्णयानुसार विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरु तथा निजामती कर्मचारीहरु कार्यालय समयमा कुनै पनि राजनीतिक […]

पूरा पढ्नुहोस्

शिक्षा विधेयकको विरोधमा काठमाडौंमा शिक्षकहरुको प्रदर्शन

सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । […]

पूरा पढ्नुहोस्

विद्यालयमा बन्द हडताल गर्नेलाई कारबाही गरिने

सुनसरीको दुहवी नगरपालिकाले विद्यालयमा बन्द हडताल गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । सोमबार एक सूचना जारी गर्दै नगरपालिकाले कानुनविपरित विद्यालयमा नियमित पठनपाठन अवरोध गरेमा कारबाही गर्ने चेतावनी दिएको हो । नगरपालिकाले विद्यालयको पठनपाठनमा अवरोध पुर्‍याए शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७७ को दफा ११२ तथा प्रचलित कानुन बमोजिम कारबाही गर्ने उल्लेख गरेको छ […]

पूरा पढ्नुहोस्

निमावी लाइसेन्सको प्रवेशपत्र प्रिन्ट गर्न सकिने। (यसरी गर्नुस प्रिन्ट)

भदौ, ३१ काठमाडौ । निम्‍न माध्यमिक तह अध्यापन अनुमतिपत्र (लाइसेन्स) -२०८० को प्रवेशपत्र प्रिन्ट गर्न सकिने भएको छ। आयोगले २०८० साउन ११ गते प्रकाशित निमावि अध्ययन अनुमतिपत्र को परिक्षाको बिज्ञापन अनुरुप दर्खास्त फारम हर्ने परिक्षार्थिहरुले आयोगको आधिकारिक website http://licence.tsc.gov.np/ रजिस्ट्रार गरिएको Email Login गरि दर्खास्त पेश गरेको विवरणमा click गरि पुन: View मा Click गरेर प्रवेशपत्र डाउनलोड गर्न सकिने जानकारी दिएको छ। यदि आफ्नो इमेल र पासवर्ड […]

पूरा पढ्नुहोस्